२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा खाद्यान्न प्रदान



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशालालाई बुटवल स्थित कालिका टोल आमा समुहले खाद्यान्न उपलब्ध गराएको छ । संस्थाले रमाइलो कार्यक्रम शुभकामना तथा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट गौशालालाई आवश्यक खाद्य सामाग्री किनेर गौशालालाई उपलब्ध गराएको हो ।

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रमाइलोका लागि गरिएका कार्यक्रमहरुबाट संकलन भएको रकम पिकनिक खेलेर सक्नु भन्दा धेरै थोरै जति भए पनि गौशालालाई सहयोग गरेको कालिका टोल आमा समुहकी अध्यक्ष सरिता खड्काले बताइन् ।

कालिका टोल सस्थांका सचिव खिम बहादुर बुढाथोकीले यस भन्दा अघि पनि नेपाल अनाथ आश्रममा खाद्यान्न सहयोग गरिएको जनाउँदै संस्थाको तर्फबाट सगंम क्रियापुत्री भवनलाई ७ वटा पखां सहयोग गरेको जानकारी दिए ।

समुहको तर्फबाट गाईगोरुको लागि ४ बोरा चापट ,२७ केजी भेली, एक ट्रली पराल, १० के जी नुन लगायतका खाद्य समाग्री हस्तान्तरण गरिएको छ । बुटवल ७ स्थित शिवनगर सामुदायिक वनमा रहेको गौशालामा ३५० बढी गाईगोरु रहेका छन् ।

कुनै पनि शुभकार्य जन्मदिन वा विशेष अवसरमा गौशालामा आएर गाईगोरुलाई घाँस, पराल , दाना उपलब्ध गराएर मनाउन सकिने गौशाला ब्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : १५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%