वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने बताएका हुन । तर, रिपब्लिकन नेता ट्रम्पले दुई नेताबीच वार्ताको कुनै समयसीमा भने अहिले तय नभइसकेको जनाए ।
‘उनी भेट्न चाहन्छन् र हामी यसका लागि समय तय गर्दैछौं,’ ट्रम्पले फ्लोरिडाको पाम बीचको मार ए लागोमा रिपब्लिकन गभर्नरसँगको बैठक अघि जानकारी दिदैँ भने ।
‘राष्ट्रपति पुटिन मसँग भेट्न चाहन्छन्, पुटिनले सार्वजनिक रूपमा नै भनेका छन कि हामीले त्यो युद्धलाई समाप्त गर्नुपर्छ,’ ट्रम्पले रूस-युक्रेन युद्धको बारेमा भने ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका थिए कि पुटिनले सम्पर्कको लागि ट्रम्पको इच्छालाई स्वागत गर्नेछन् तर अहिलेसम्म कुनै औपचारिक अनुरोध भने गरिएको छैन । पेस्कोभले भने, ‘ट्रम्पले पहिले पदभार ग्रहण गरून, त्यसपछि उपयु्क्त समय तय गरिनेछ ।’
युक्रेनमा शान्ति ल्याउने आफ्नो अभियानको क्रममा ट्रम्पले प्रतिवद्धता गरिसकेका छन । फेब्रुअरी २०२२ मा सुरू भएको रूसको पूर्ण मात्रामा आक्रमण झण्डै ३ वर्ष देखी जारी रहेको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले पदभार ग्रहण गर्नु भन्दा डेढ हप्ता अघि पुटिनलाई भेट्ने बारे आफ्नो बयान दिए पछि सो क्षेत्रमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।
पदभार तथा सपथ ग्रहण लगत्तै दुवै विश्व नेता बिच भेटवार्ता हुने प्रवल सम्भावना रहे पनि मिति र स्थान भने अझै तय भएको छैन । यद्दपी, पदभार ग्रहण पछि सो मिति तय हुने ट्रम्प निकटहरूले जनाएका छन् ।
प्रतिक्रिया