२६ पुस २०८१, शुक्रबार | January 10, 2025

बुटवलमा एकै दिन ११ वटा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रण (भिडियोसहित)



बुटवल । बुटवलमा एकैदिन विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलले संयुक्त रुपमा ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो ।

मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

‘चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’-प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’

ईलका प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले विहिबार एकै दिनमा ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यसैगरी यसअघि विभिन्न समयमा नियन्त्रणमा ल्याएकासहित १७ वटा मोटरसाइकललाई जरिवानासहित कारबाही प्रक्रिया अघि बढेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ट्राफिक प्रहीले चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारीधनीबाट जरिवाना बापचको राजश्व उठाउँदै आएको छ ।

ट्राफिक प्रहरी कार्यालयले अघि आर्थिक वर्षमा समेत बुटवल बजार क्षेत्रभित्रबाट मात्रै ६५ वटा मोटरसाइकल तथा स्कुटरलाई लियन्त्रणमा लिएर ६ लाख ५० हजार राश्व संकलन गर्न सफल भएको थियो । ट्राफिक प्रहरीले बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका आधारमा ३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी उपरीक्षक न्यौपानेले जानकारी दिए । अहिलेको कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउँदै लैजाने बताउँदै उनले स्वरुप परिवर्तन गरिएका सवारीबाट नियन्त्रण गरिएका साइलेन्सर लगायतबा बस्तुहरुलाई जफल गरेर राखिएको उल्लेख गरे ।

अभियानलाई थप प्रभावकारी बनाउन अब स्वरुप परिवर्तन गर्ने वर्कसप तथा ग्यारेजहरुलाई समेत कारबाहीको दायरामा ल्याउने तयारी रहेको उनले बताए । सडकमा गरिने स्टण्टबाजी, स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण लगायका गतिविधिले शान्ति सुरक्षामा समेत खलल पुग्ने बताउँदै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले अभियानलाई निरन्तरता दिइने उल्लेख गरे ।

भिडियो

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  २ : ४४ बजे

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र, हराएका मध्य ७६५ फेला परे

काठमाडौँ । हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले

दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम

व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय

अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड

पोखरा । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले