२३ पुस २०८१, मंगलबार | January 8, 2025

बुटवलमा आयोजित प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले आगामी वर्षमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सवले मगर समुदायका इतिहास बारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै वर्तमान अवस्था र भविष्यको यात्राका बारेमा समीक्षा गर्ने अवसर प्राप्त भएको उनले उल्लेख गरिन् । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लामा आयोजना गरिएको महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यानलाई केन्द्रित गर्त सफल भएको निष्कर्शसहित उनले आगामी दिनमा थप क्रियाशिल र रचनात्मक क्रियाकलापलाई निरन्तरता दिइने उल्लेख गरिन् ।

समीक्षा बैठकमा बोल्दै नेपाल मगर सघका सह-अध्यक्ष दलबहादुर विरकट्टा मगरले महोत्सव एतिहासिक र सफल भएको उल्लेख गरे । सामाजिक र राजनीतिक रुपमा मगर समुदायको मुद्दालाई उठान गर्ने मात्र नभई आर्थिक रुपमा समेत पारदर्शी भएर महोत्सव सफल देखिएको बताउँदै उनले अभियानको रुपमा यसलाई अघि बढाउनु पर्नेमा जोड दिए । महोत्सव आयोजक समितिका प्रवक्ता तथा युवा नेता शंकर गाहाले लामो समयको अभ्यास, अनुभव र व्यक्तित्वहरुको सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे ।

मगर समुदायको संस्कार, संस्कृति र पहिचानलाई जोगाउँदै पुस्तान्तरणका लागि नयाँ दस्तावेज थप्ने काम महोत्सवले गरेको उनले बताए । यसैगरी प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सव सफल बनाउने क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा थप परिस्कृत भएर जानु पर्नेमा जोड दिए । कुनै पनि अभियान वा कार्यक्रम सफल बनाउनका लागि सञ्चालन गरिने आर्थिक अभियान पारदर्शी हुनुपर्ने बताउँदै उनले आयोजक उक्त कुरामा सफल भएको दाबी गरे ।

महोत्सव व्यवस्थापन समिति संयोजक राधिका श्रीस पुनले कार्यक्रम सफल भएसँगै यसको निरन्तरता र थप रचनात्मक कार्यका लागि उत्साह थपिएको उल्लेख गरिन् । देशका विभिन्न सहरसँगै विदेशका विभिन्न मुलुकहरुबाट समेत आर्थिक सहयोगका लागि सहजीकरण गर्ने संघ-संगठन तथा व्यक्तिहरुलाई आभार व्यक्त गर्दै उनले आगामी दिनमा समेत सहकार्यमा जोडिने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सव आर्थिक समितिमा संयोजक देवेन्द्र रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मितव्ययी भएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उल्लेख गरे । महोत्सव सफल बनाउन संस्थाले २० लाख बढी खर्च अनुमान गरे पनि कूल १७ लाख ३५ हजार ७१० रुपैयाँ खर्च भएको प्रतिवेदन उनले उल्लेख गरे ।

सम्पूर्ण आर्थिक गतिविधिको अन्तिम लेखा परीक्षण गर्दा केही रकम घटबढ हुन सक्ने बताउँदै उनले पूर्व निर्धारित खर्च अनुमानभन्दा कम रकममै कार्यक्रम गर्न सफल हुनु सकारात्मक पक्ष भएको बताए । संस्थाले कार्यक्रम सफल बनाउनका लागि क्यूआर कोटबाट १ रुपैयाँ दान अभियानदेखि विभिन्न सरकारी निकाय, स्थानीय सकार, सामाजिक संघ-संस्था, विदेशका विभिन्न मुलुकमा रहेका व्यक्तिहरुबाट कूल २२ लाख ९४ हजार ६२२ रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख गरे । यस बाहेक प्रतिवद्धता प्राप्त भएको ४ लाख बढी रकम उठ्न बाँकी रहेको संयोजक रानाले जानकारी गराए ।

महोत्सवमा भएका सम्पूर्ण गतिविधिलाई समेटेर मगर महिला संघले पुस्तक प्रकाशनको तयारी समेत गरेको छ । यसैगरी महोत्सवबाट बचत भएको रकमलाई छुट्टै कोष स्थापना गरी आगामी वर्षमा समेत निरन्तरता दिइने बताइएको छ । महोत्सवमा मातृ भाषामा कविता बाचन प्रतियोगिता, सामाजिक, आर्थिक, साँस्कृतिक तथा ऐतिहासिक विषयमा ७ वटा प्यानल डिस्कशन, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, साँस्कृतिक झाँकी तथा कला प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरी वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ११ बजे

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी)

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा

सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष