२० पुस २०८१, शनिबार | January 5, 2025

मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता



काठमाडौं । तराई-मधेस केन्द्रित राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र संवादलाई तीव्र पारेको छ।

सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग संवाद गरेको हो।

संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवम् पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन्।

जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए। उनका अनुसार जसपा नेपाल पनि मधेसी दलहरूबीच सहकार्यका लागि तयार रहेको छ।

जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए।

जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई(मधेस केन्द्रित दलहरूबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन्।

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ६ : ५९ बजे

रास्वपाले माघदेखि राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज

पत्रकार पुडासैनीको अन्त्येष्टि

नुवाकोट । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका-९ निवासी

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा