२० पुस २०८१, शनिबार | January 4, 2025

भोलिबाट बुटवलको मुख्य बजारमा पार्किङ निषेध, पुरानो फिल्म हलको जग्गा नयाँ पार्किङ स्थल



बुटवल । पार्किंङ स्थलको अभावमा हरेकदिन अस्तव्यस्त हुने गरेको बुटवलको मुख्य बजार क्षेत्रमा पार्किङ ब्यवस्थापनको कार्य सुरु गरिएको छ । ट्राफिक चोक देखि उत्तरतर्फ बन्द रहेको पुरानो बुटवल चलचित्र मन्दिरमा पार्किङ स्थल बनाउने गरी पार्किङ ब्यवस्थापनको कार्य सुरु भएको हो ।

आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक प्रहरीलाई पार्किङ ब्यवस्थापन सम्बन्धि सामाग्री हस्तान्तरण गरेर ट्राफिक व्यवस्थापन कार्यको शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले अमर पथ, विपि चोक लगायतका क्षेत्रमा अव्यवस्थित पार्किङका कारण बजार चलायमान हुन नसकेको अवस्थामा त्यस क्षेत्रको व्यावसाय चलायमान हुने गरि पार्किङ ब्यवस्थापनको काम सुरु गरिएको बताए । उनले तत्कालका लागि बुटवलको पुरानो फिल्म हललाई पार्किङ स्थलको रूपमा उपयोग गर्नेगरी पार्किङ ब्यवस्थापनको काम अगाडि बढाइएको जानकारी दिए ।

बुटवलका मुख्य बजार क्षेत्रमा लामो समयदेखि पार्किङको समस्याका कारण दुर्घटना हुनुका साथै बजार चलायमान हुन अवरोध भएको विषयलाई मध्यनजर गर्दै नयाँ व्यवस्था मिलाईएको नगर प्रमुख पाण्डेयले बताए । कार्यपालिकाबाट निर्णय नै गरेर यो पाकिंङको नयाँ व्यवस्था मिलाइएको उनले बताए । उनले पार्किङको नयाँ व्यवस्थालाई खुकुलो गराउन भन्दै आफुकहाँ कोेहि पनि नआउन आग्रह गर्दै यसको पालना नगर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिए ।

नयाँ व्यवस्थापनबाट बजार गुल्जार हुने र किनमेल गर्नेहरुका लागि सहज वातावरणको निर्माण हुने उनले विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका वडा ५ का अध्यक्ष तथा पार्किङ्ग व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठका अनुसार १ महिनासम्मका लागि उक्त स्थानमा पार्किङ गर्दा कुनै पनि शुल्क नलाग्ने र एक महिना पछि भने दिनको ५० रुपिँया मात्रै शुल्क लाग्ने छ । सोमबारदेखि लागु हने गरी १ महिनासम्म कुनै पनि शुल्क नलाग्ने जनाउँदै वडा अध्यक्ष श्रेष्ठले पार्किङ्को शुल्क एकपटक तिरे पछि एक दिन भित्र जति पटक भित्र बाहिर गर्दा पनि कुनै शुल्क नलाग्ने जानकारी दिए । अध्यक्ष श्रेष्ठले सो स्थानलाई रात्रीकालिन रुपमा समेत पार्किङ्ग गर्न मिल्ने बनाउने योजना रहेको बताए ।

सो जग्गाका जग्गा धनि सन्दिप मास्केसँग १० वर्षसम्म पार्किङ्ग गर्ने गरि उपमहानगरले सम्झौता गरेको नगर प्रमुख पाण्डेयले बताए । उक्त स्थानमा पार्किङ्ग गरिएका सवारी साधनको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्था मिलाएको उपमहानगरले जनाएको छ ।

कार्यक्रममा बोल्दै राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मधु सुदन न्यौपानेले पाकिएङ व्यवस्थापनलाई कडाइसाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

पार्किङ व्यवस्थापनको कार्यान्वयनका लागि भन्दै सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले राजर्माग सुरक्षा तथा व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक न्यौपानलाई ५ लाख बराबरको ह्वील लंक, वोर्डलगायतका ट्राफिक साम्रगी हस्तान्तरण गरेका थिए ।

नयाँ व्यवस्था अनुसार आफ्नै घर अघि भएपनि व्यवसायीहरुले बजार समयमा ४ पाङ्ग्रे सवारीहरु सडकमा पार्किङ गर्न नपाउने भएका छन् । उपमहानगरपालिकाले बुटवल उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्था र टोल विकास संस्थाहरूसँगको परामर्श र सुझाव लिएर ट्राफिक व्यवस्थापनको नयाँ व्यवस्था गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ३१ बजे

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

ढोरपाटन । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ

रोटरी क्लब तिनाउ बुटवलको नवौं स्थापना दिवस : आँखा जाँच शिविर सम्पन्न

बुटवल । तिलोत्तमा ३ सिमानगरमा रहेको सगरमाथा आधारभुत विद्यालयमा शुक्रबार

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक

तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधी वडा नम्बर १३ लाई

तिलोत्तमा । तिलोत्तमास्तरिय मेयर कप टी-२० क्रिकेटको उपाधि वडा नम्बर

प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा