१३ पुस २०८१, शनिबार | December 28, 2024

आफै सुतेको बिस्तरामा आगो लागेर पौडेलको मृत्यु



खजुरा । बाँकेको खजुरामा आफै सुतेको बिस्तरामा आगो लागेर एक जेष्ठ नागरिकको मृत्यु भएको छ । खजुरा क्षेत्रकै पुराना बासिन्दा ९० वर्षिय रत्नबहादुर पौडेलको आगोमा जलेर मृत्यु भएको हो ।

बिहिबार राती अबेरसम्म परिवारका सदस्यहरुसंगै कुराकानी गरेर सुतेका पौडेललाई आज बिहान ४ बजेको समयमा आगोमा जलेर मृत्यु भएको अवस्थामा भेटिएका थिए । उनी सुतिरहेको कोठाबाट जलेको गन्धआएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यले जनाएका छन् ।

शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका पौडेलको चुरोट पिउने बानी रहेको र मध्यराती चुरोट जलाउने क्रममा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । बन्द रहेको कोठामा धुँवामा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

पुनर्वास कम्पनीले पहिलो चरणमा जग्गा वितरण गर्दा स्याङ्जाबाट बसाई सरेर खजुरामा आएका पौडेल कुनैबेला खजुरा क्षेत्रकै चर्चिच होटल व्यवसायीकारुपमा परिचित रहेका थिए । पौडेलका ३ छोरी र २ छोरा छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : १५ बजे

एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै

मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित,

प्रचण्डको उद्घोष – भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु गरिसक्यौ

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर