११ पुस २०८१, बिहिबार | December 26, 2024

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै



रामपुर । रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।

छब्बीस करोड ७१ लाखको लागतमा थालिएको सडकको स्तरोन्नति रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार दैनिक एक सय कामदार परिचालन भएका छन् । आयोजनाबाट रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसाय विस्तारमा योगदान पुग्ने उनले बताए । रासस

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ४१ बजे

लिम्बू कला-संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा

माझीदाईका गुनासा : दिनभरि काम गर्यो, फर्कदा रित्तै !

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख । यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

तिलोत्तमामा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता शुरु, उद्धघाटन खेलमा वडा न २ र १६ विजयी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता