२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार



लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो ।

नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दरबजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जानकारी दिए ।

विशेष गरी बागमती प्रदेशको धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएको छ । सुन्दरबजारका किसानलाई पटक–पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएर जिल्लामा नै पहिलो पटक उत्पादन परीक्षणमा लागेका शाखाका अधिकृत अधिकारीले बताए ।

अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुुरूको चरणमा परीक्षण उत्पादनमा लागिएको बताए । अहिले किसानले गुम्बज बनाएर बिरूवा रोप्ने काम गरिरहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ । उत्पादनको लागि आवश्यकपर्ने कच्चापदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइको लागि आवश्यकपर्ने हजारी, कीटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरूवा उत्पादनको लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताउइन ।

प्राविधिक दृष्टिकोणले पनि बेमौसमी तरकारी लहरेबाली उत्पादनको लागि यस भूगोल उपयुक्त भएकाले आफूहरू परीक्षण उत्पानमा सफल हुने किसानको आशा रहेको छ । परीक्षण उत्पानको लागि किसानले चार जातका तरकारी प्रतिकिसान एक सय २० देखी एक सय २५ वटा बिरूवाका दरले रोपेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ३ : ०९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई