२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

लोक भजन चुटका प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा



बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार चर्चित गायक पशुपति शर्मासँगै दर्शक झुमेका छन् । पशुपतिको प्रस्तुती पर्खेर बसेका हजारौं दर्शक उनी स्टेज चढेसँगै हुटिङले मेलास्थल गुञ्जिएको थियो ।

आफ्ना दर्जनौं लोक दोहोरीका टुक्का सुनाउँदै “मलाई अमेरिका यहीँ…” भन्ने भाकाबाट दर्शक नचाउन सुरु गरेका उनले आधा दर्जन लोक दोहोरी भाकाबाट करिब एक घण्टा दर्शक नचाएका थिए । प्रस्तुतीको बिच-बिचमा ठट्यौंली टुक्का भरेर माहोल तताएका उनले सामाजिक विषय मात्र होइन राजनीति र नेताहरुलाई समेत तीखो ब्याङ्ग्या गरे ।  आफूले गाएका गीत ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट…।’ भन्ने भाकाका केही टुक्का सुनाउँदै दर्शकको साथमा “देश लुट्न पाइँदैन”को नारा समेत लगाउन भ्याए ।

‘क्यार्न माया मारिछेउ सानीले…।’, ‘सारङ्गी र्याई, र्याई तिरी मीरी झ्याई…।’, स्याङ्जा जाने बाटैमा तनहु…।’ तथा बैमानी त पैसा रै’छ…’लगायतका आधा दर्जन गीत गाएका थिए । यस बीचमा गायिका तथा उद्घोषिका उमादेवी खनालसँग गाएका दोहोरी टुक्काले दर्शकलाई थप मनोरञ्जन दिए । पशुपतिको प्रस्तुती सकिएसँगै दर्शकबाट भने “वान्स मोर..” को गुञ्जायस लामै समय रोकिएको थिएन ।

मेलामा शनिबार साँस्कृतिक कार्यक्रम अन्तरगत लोक भजन चुटका प्रतियोगितामा १० समुहले प्रतिस्पर्धा गरेको साँस्कृतिक उप समितिका संयोजक निर्मित कसजुले जानकारी दिए । यसैगरी स्थानीय कलाकार तथा ब्यान्डले साँस्कृतिक प्रस्तुती दिएका थिए ।

महोत्सवमा आइतबार हुने कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र पशुपति शर्माको प्रस्तुती रहने सह-संयोजक दिपक कार्कीले जानकारी दिए । यसैगरी अन्तर विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता तथा भ्वाइस अफ बुटवलमा उत्कृष्ट १० प्रतियोगीहरुको प्रतिस्पर्धा सुरु हुने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय बढी स्टलसँगै बाल उद्दान रहेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी २४ औँ औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : २४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%