५ पुस २०८१, शुक्रबार | December 20, 2024

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल



काठमाडौँ । जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च ९निफ०ले आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोप-१६ र कोप-२९ मा नेपालबाट सहभागी भएका विशेषगरी आदिवासी जनजाति मुद्दामा काम गर्ने सहभागीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

त्यस अवसरमा जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपुर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन नसकेको सहभागीहरूले बताएका थिए । आफूले सिकेका ज्ञानहरू अरूलाई पनि जानकारी दिनुपर्ने भन्दै उनीहरूले जलवायु परिवर्तन मानव सभ्यताकै ठुलो चुनौतीको रूपमा आएकोले यसका विषयमा सबैले जान्न, बुझ्न र त्यसको अनुकुलनका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।

अहिले हिमालमा हिउँ पग्लिएर हिमाल कालो देखिँदै गएको भन्दै हिँउ पग्लिएर बनेको हिमतालको कारणले त्यस आसपासमा रहेका आदिवासी बस्तीहरू सबैभन्दा बढी जोखिममा रहेको सहभागीले बताएका थिए । जसले फोहोर गर्छ त्यसले नै त्यो फोहोर सफा गर्नुपर्छ भन्ने मान्यता भएपनि धनी मूलुकहरू जसले जलवायु परिवर्तन गर्न भूमिका खेलेका छन्, ती मुलुकहरूले तिर्छु भनेर कमिटमेन्ट गरेर रकम तिरेका छन् कि छैनन् र उक्त रकम आदिवासी जनजाति समुदायका लागि खर्च भएको छ कि छैन भन्ने कुरा बुझ्न आवश्यक रहेको उनीहरूको भनाई थियो ।

हरेक वर्ष जलवायु परिवर्तन अनुकुलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ रु भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताए । नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कमल साम्पाङ र टुङ्गभद्र राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डको विषयमा जानकारी दिएका थिए ।

त्यस अवसरमा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले केही समय पहिले शोलुखुम्बुको माथि थामेमा दुईवटा हिमतालहरू फूट्दा आदिवासी शेर्पा समुदाय प्रभावित भएको बताए । ‘जलवायु परिवर्तनले नेपालमा के असर गरेको छ । त्यसले के कति क्षती पुर्या्एको छ ? हिले हिमालको हिउँ पग्लिएको छ । हिम तालहरूको संख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्’, अध्यक्ष शेर्पाले भने, ‘अहिले त्यस्ता कम्तिमा पनि २ हजार तालहरू बढेका छन् । भोली त्यसले ल्याउन सक्ने क्षती निकै डरलाग्दो छ ।’

शक्ति राष्ट्रहरू जसका कारणले जलवायु परिवर्तन गराउन भूमिका खेलेका छन्, उनीहरूका कारण जलवायु परिवर्तन सँगै आदिवासी जनजाति समुदायका आर्थिक, भौतिक, सांस्कृतिक क्षती भएको उनको भनाई थियो । उनले भने, ‘जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै । सँगै हामी आदिवासीको सांस्कृतिक क्षती भएको छ । भौतिक, आर्थिक क्षती भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतीपुर्ती बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ । तर त्यो कहाँ कसरी खर्च भएको छ ?’

नेपालमा आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको भन्दै जसका निम्ति खर्च हुनुपर्ने हो त्यसका निम्ति खर्च नभएको दाबी समेत अध्यक्ष शेर्पाले गरे । ‘आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर नेफिनलाई थाहै छैन । २र४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?, उनले भने, ‘केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन ।’

आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए । जलवायु परिवर्तनले सबैभन्दा बढी क्षती आदिवासी जनजातिलाई भएकोले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उनको भनाई थियो ।

त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताए । प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँनदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ३८ बजे

माछा मार्ने विस्फोटक पदार्थ बनाउनेक्रममा एकजनाको ज्यान गयो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि

बुटवल आउँदै गरेको बस सुनवलमा दुर्घटना, १७ घाइते, १३ गम्भीर

बुटवल । नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी

पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा, गाउँपालिकाबाट सम्मान

स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा

डुडुवा गाउँपालिकाले वैकुण्ठधाम सिधनियाघाटको अपनत्व ग्रहण गर्ने

नेपालगन्ज । वैकुण्ठधाम सिधनियाघाट निर्माणमा डुडुवा गाउँपालिकाले आपनत्व लिने भएको

बुटवलमा गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्व भव्यरुपमा मनाइँदै

बुटवल । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला