१७ चैत्र २०८१, आइतबार | March 31, 2025

भालुवाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



भालुवाङ । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी अन्दाजी वर्ष ३२ को कृष्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङलका अनुसार मोटरसाइकल चालक शाहीको घटना स्थलमा मृत्यु भएको हो । मंगलबार राति साढे ७ बजेको समय राप्ती गाउँपालिका-८ बिजौरीमा पश्चिम देखि पुर्व तर्फ आइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शाहीको घटना स्थलमा मृत्यु भएको हो ।

आक्रोशित स्थानीयबासीले पुर्व( पश्चिम राजमार्गको बिजौरीमा सडक अवरुद्ध पारेका छन् । स्थानीयले एउटा ट्याङकरमा सामान्य तोडफोड समेत गरेका छन् । सोही सडक खण्डमा हिजो बेलुका मात्र मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको थियोे ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ३७ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन