१ पुस २०८१, सोमबार | December 16, 2024

लिग चरणको अन्तिम खेलमा लयमा रहेका सुदूरपश्चिम र कर्णाली भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौं गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : १३ बजे

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम

सुनको मूल्य बढयो, चाँदीको स्थिर

काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा

ओलीलाई वामदेवको चुनौती – बद्नाम गर्नुहोला भन्ने लागेको थिएन, अडियो सार्वजनिक गर्नुस!

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले

सिरक डसना बनाएर मनग्य आम्दानी

बरहथवा । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई