१ पुस २०८१, सोमबार | December 16, 2024

पोखराले काठमान्डुलाई दियो १३९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो । पोखराका लागि मध्यक्रमका ब्याट्सम्यान रेमोन रेइफरले अविजित ३० बलमा ४१ रन बनाए । उनले १ चौका र ३ छक्का प्रहार गरे । ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए ।

काठमान्डुका लागि रासिद खान र करण केसीले समान ३ विकेट झारे। यसैगरी जेहार्ड इरासमस र माइकल लेविटले एक एक विकेट लिए।

शिर्ष ४ मा पुग्नका लागि पोखरा र काठमाडौंलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ११ : ०२ बजे

नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ

बुटवलमा बुधबारदेखि हुने औद्योगिक व्यापार मेला-२०८१ को तयारी पूरा

बुटवल । बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ ।

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक

‘जडिबुटी खाएका पशुको मासुको माग विदेशमा बढ्दै’

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको