१ पुस २०८१, सोमबार | December 16, 2024

बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पतीसहित ३ जनाको मृत्यु



बुटवल । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्य भएको हो ।

दमको रोगी गौरी खनाललाई बुटवल अस्पताल ल्याउने क्रममा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो ।

जिप अनियन्त्रित भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ५८ बजे

आयोजक खस्यौली एफसीलाई फुटसलको उपाधि

बुटवल । स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा रुपन्देहीमा सम्पन्न प्रथम खस्यौली

काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन, कामपामा शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको

पत्रकार महासंघमा निर्वाचितलाई बुद्ध सामुदायिक टेलिभिजनमा सम्मान

बुटवल । नेपाल पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित भएकालाई बुद्ध सामुदायिक

मगर समुदायको पितृपूजा सम्पन्न

बुटवल । बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा मगर समुदायले आफ्ना