१७ चैत्र २०८१, आइतबार | March 31, 2025

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु



सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।

घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए ।

जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ४२ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन