२५ चैत्र २०८१, सोमबार | April 7, 2025

नेपालीको संङख्या बढेसंगै जापानमा अर्को अन्तराष्ट्रिय स्तरको विद्यालय खुल्यो



टोकियो । जापानमा नेपालीहरुको जनसङख्या बढेसंगै अन्तराष्ट्रिय स्तरको विद्यालयको माँग पनि बढ्दै गएको छ त्यही मागलाई मध्यनजर गर्दै आउदो अप्रिलबाट एसियन ब्रिज इन्टरनेशनल स्कुल संचालनमा आउने भएको छ ।

टोकियोमा पत्रकार सम्मेलन गरी आउदो अप्रिलबाट प्रि-प्राइमरी देखी ४ कक्षासम्म पढाइ संचालन हुने जानकारी गराईएको थियो । नेपालीहरुको लगानीमा संचालन हुने उक्त विद्यालय टोकियोको किता कु खामीनाकाजातोस्टेशन नजिक रहेको छ ।

टोकियो र साईतामामा बसोबास गर्ने नेपाली लगायत अन्य एसियन समुदायका बालबालिकाहरुलाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यका साथ विद्यालय संचालनमा ल्याईएको विद्यालयका अध्यक्ष डा. बलराम श्रेष्ठ ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

नेपाली पाठ्यक्रम र जापानको प्रबिधीमा आधारित रही पठन/पाठन गरीने उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अमेरीका र युरोपका बिद्यार्थीसंग प्रतिस्पधा गर्न सक्ने नागरिक तयार पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, “अभिभावकलाई तपाईका बालबालिका हाम्रो विद्यालयमा भर्ना गर्नुस हामी सक्षम, अनुशासित, लगनशिल र विश्व समुदायसंग प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार पार्छौं” ।

विद्यालयकी एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले गुणस्तरीय शिक्षा दिनेमा प्रर्तिवद्ध रहेको बताएकी थिइन । लामो समयदेखि शिक्षण पेसामा आवद्ध पौडेलले बालबालिकाहरुको सर्वाङगीण विकासमा ध्यान दिदै सुन्दर भविष्य निर्माण गर्ने जिम्मा आफनो काधमा आएको र पुरा गर्न प्रतिबद्ध रहेको बताइन ।

पत्रकार सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, वर्तमान अध्यक्ष शान्त पहरी, आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतले विद्यालयको सफलताको शुभकामना दिएका थिए ।

सुरुवाती चरणमा प्रि-प्राइमरी देखी ४ कक्षा सम्म संचालन गर्ने यसियन ब्रिजमा प्रत्येक वर्ष कक्षा थप्दै विश्वविद्यालय सम्म संचालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा जापानमा लामो समयदेखि कानुनी व्यवसायमा आवद्ध रहेका डा. बलराम श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहेका छन भने एक्याडेमिक डिरेक्टर दुर्गा पौड्यालले रहेकी छिन ।

१० करोडको लगानीमा संचालन हुन लागेको उक्त विद्यालयमा ७० जना सेयर होल्डरहरुको संयुत लगानी रहेको बताईएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ५० बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग