१० मंसिर २०८१, सोमबार | November 25, 2024

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : आधारतभुत तह सम्म जनचेतना पु¥याउन मुख्यमन्त्री आचार्यको आह्वान



दाङ । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गरेका हुन् ।

अभियानका सुभारमभ गर्दै उनले लुम्बिनी प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभुत वर्गका नागरिकको विचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका छन् । ‘सबै प्रकारका हिंसा विरुद्धका अभियान चलाउन सरकार प्रतिबद्ध छ । नीति तथा कार्यक्रम र बजेटमा समेत सम्वोधन गरेर सरकार अघि बढेको छ’, उनले भने, ‘हिंसा पनि नगर्ने, हिंसा पनि नशहने समाज बनाउन जरुरी छ । यसका लागि जनचेतना अभिवृद्धिनै पहिलो आधार हो ।’

अभियानको क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरु गरिदैछन् । ति अभियानमा जनप्रतिनिधि, राजनीतककर्मी, सामाजिक अभियन्ताहरुले समेत सचेतना अभिवृद्धिमा ध्यान दिन मुख्यमन्त्री आचार्यले आग्रह गरे । लुम्बिनी प्रदेशमा केही हानिकारक सामाजिक तथा सांस्कृतिक मुल्यमान्यताका कारणले वालविवाह, महिला हिंसा बढेको देखिएपनि हिंसा न्यूनिकरणका लागि साझा प्रयासहरु थालिएको उनले जानकारी दिए ।

सामाजिक न्याय र समतामा आधारित लैंगिक समानतायुक्त प्रदेश बनाउन सरकारले काम गरिरहेको मुख्यमन्त्री आचार्यले बताए । उनले लैंगिक हिंसा अन्त्यकोलागि सबैको साझा एक्यबद्धताको खाँचो समेत औंल्याए । ‘संविधानले सबैखाले विभेदको अन्त्य गरेको छ । त्यही मुल मर्म अनुसार कसैमाथी कुनैप्रकारको हिंसा हुन्छ भने त्यो दण्डनिय ठहरिन्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक रुपान्तरण, सशक्तिकरण र हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा एक्यबद्धतकाृ आवश्यकता छ ।’

सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक समारोह आयोजना गरेर लुम्बिनी प्रदेशमा अभियान सञ्चालन भएको घोषणा गरेको हो । हरेक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यस बर्ष ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’मुख्य राष्ट्रिय नारासहित दिवस मनाउन थालिएको हो ।

कार्यत्रममा बोल्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सुधारिएको समाज निर्माण नहुदा सम्म हिंसा विरुद्धको अभियान निरन्तर चलिरहने बताए । उनले समाज रुपान्तरणका अभियानलाई सबैको सहभागितामा अघि बढाइने जानकारी दिए । ‘सुधारिएको समाजको परिकल्पना हामिले गरेका छौं । सामाजिक न्याय र समतामुलक समाज निर्माण गर्ने अभियान चलिरहन्छ’, उहाँले भने, ‘हिंसा सहेर बस्नुहुदैन भन्ने मान्यताको विकास गर्न जरुरी छ ।’

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरी, प्रमुख सचिव महादेव पन्थ, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा गत आर्थिक बर्ष २०८०/८१ मा सात सय १९ वटा विभिन्न लैंगिक हिंसाका मुद्धा दर्ता भएका छन् । जस मध्य ६ सय ६८ वटा मुद्धा फछ्र्यौट भएका छन् । ८१ वटा मुद्धा फछ्र्यौट हुन बाँकी देखिन्छ । प्रदेशमा जवरजस्तीकरणी, जवरजस्तीकरणी उद्योग, बहुबिवाह, बालबिवाह, बोक्सी आरोप, जातिय छुवाछुत, गर्भपतन, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन, मानव बेचविखन जस्ता मुद्धाहरु दर्ता भएका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : ४४ बजे

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण

लुम्बिनी प्रदेश सरकारले एसियाली विकास बैंकसँगको ऋण सिंचाई अभिवृद्धिकालागि उपयोग गर्ने

दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

काठमाडौं । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर

‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायो : सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम