२ मंसिर २०८१, आइतबार | November 17, 2024

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो



वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए।

कार्यालयले गत आवको चार महिनामा रु १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : १९ बजे

कालिकाद्धारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मान

बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर १० मा अवस्थित

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।