२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

उपनिर्वाचन : कनकाई-६ मा उम्मेदवार चयन



झापा । आगामी मङ्सिर १६ गते कनकाई नगरपालिका-६ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेवारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई-६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।

उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् ।

विसंं २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षमा नेकपा एमालेले उपाध्यक्ष तुलाराम बस्नेतलाई उम्मेदवार घोषणा गरेको छभने नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : ४७ बजे

विश्व मधुमेह दिवसमा साइक्लोथोन

बुटवल । बुटवलमा साइक्लोथोन गरेर विश्व मधुमेह दिवस मनाइएको छ

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष

सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

एकैपरिवारका तीन जना मृत फेला

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत