२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

रवि लामिछानेसँग आज मौखिक बयान, भोलि लिखित बयान लिइने

लामिछानेले भने-'आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी छैन'



बुटवल । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि बयान लिनेगरि आजको बयान स्थगित गरिएको छ ।

मंगलबार दिउँसो १ बजेबाट सुरु भएको बयान साँझ पौने ६ बजेम्मि नसपकएपछि आजका लागि बयान लिने कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मौखिकरुपमा लिइएको आजको बयानमा लामिछानेले आफुमाथि लागेको आरोपको इन्कारी बयान दिएको स्रोतले जनाएको छ । उनले आफुले सहकारीबाट कुनै रकम नलिएको र आफ्नो नामबाट रकम गएको विषयमा आफुलाई केही थाहा नभएको बयान दिएको स्रोतको दाबी छ ।

लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए । उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो ।

बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले प्रहरीलाई छल्दै समर्थक र पत्रकारहरु तर्फ हेर्दै ठुलो स्वरमा ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भनेका थिए ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण प्रवाह भएकोमा संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेको र केसीले सदर गरेको भौचरका आधारमा रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

सागर केसी अहिले फरार छन् भने रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : २३ बजे

भोलिबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको अन्तिम दिन ७० लाख बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम

नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा