२५ चैत्र २०८१, सोमबार | April 7, 2025

‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’



काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन । उनले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्यायसम्पादन गर्न अनुरोध गरिन ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिइन ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत रहेको तीनवटै जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर०का सम्पूर्ण मुद्दा चल्ने २१ प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख र सहायकका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

यसअघि उपत्यका प्रहरीले मातहतका मुद्दा चल्ने प्रहरी युनिटमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कमीकमजोरीका विषयमा समीक्षा गर्दै सुधारका लागि उक्त छलफल गरिएको अपराध अनुसन्धान शाखा कार्यालयले जनाएको छ ।

उक्त विषयमा प्रहरी उपरीक्षक प्रवीण धितालले प्रस्तुतिकरण प्रस्तुत गरेको उपत्यका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उपत्यकामा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तीनवटै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिइएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ३४ बजे

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग

प्रथम उपमेयर महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार युवा क्लब विजयी

बुटवल । रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने