२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनमा तालमेल नगर्ने



काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

सोमबार बिहान अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी पदाधिकारी बैठकले आगामी पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।

केन्द्रीय समिति बैठक अघि मंसिर मसान्तसम्म पालिकाहरुको सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । मंसिर मसान्तमा पालिका सम्मेलनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाले स्थानीय तहको उपनिर्वाचनमा अन्य दलसँग केन्द्रीय तालमेल नगर्ने निर्णय भएको पनि जनाए । तर स्थानीयस्तरमा विपक्षी मोर्चामा रहेका दलहरुसँग तालमेल गर्न सकिने ढोका खुलै रहेको उनले बताए । मंसिर १६ गते स्थानीय तहका ४४ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

बैठकले उपनिर्वाचनका लागि पार्टीको तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : २८ बजे

मुस्ताङको स्याउ : बढ्दो माग, पुरयाउन धौधौ

गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा 

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा

आजबाट नागढुङगा सडक एक साताका लागि आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा

कोप-२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा

बाकु । अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको