२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

संचारकर्मी सुमन र विकासको ‘उद्घोषण पाठशाला’ लोर्कापण



बुटवल । रूपन्देहीका चर्चित संचारकर्मी सुमन श्रेष्ठ र विकास गौतमले ‘उद्घोषण पाठशाला’ बजरमा ल्याएका छन् । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका श्रेष्ठ र गौतमद्वारा लिखित सो पुस्तक आइतबार एक कार्यक्रमका बिच लोर्कापण गरिएको हो ।

कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताए ।

वरिष्ठ पत्रकार खिमानन्द भट्टराईले पनि पुस्तकमा समेटिएको कुरालाइ पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताए ।

लेखक सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताए । साथै उनले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताए ।

अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताए । कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ३८ बजे

प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा

द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास

काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर

मङ्सिर १२भित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह, नत्र फेरि लाइन काटिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पर्वत । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई