९ मंसिर २०८१, आइतबार | November 24, 2024

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको पहिलो दिनमा ८ लाख आर्थिक संकलन



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आजबाट भागवत कथा वाचन सुरु भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा आजबाट श्रीमदभागवत कथा वाचन प्रारम्भ भएको हो ।

प्रवचनका क्रममा पं पोखरेलले अन्य बेलामा हुने गरेको महायज्ञ भन्दा नेपालगन्जमा जारी यसपटकको महायज्ञको महत्व विशिष्ठ प्रकारको भएको बताए । उनले जिवनको अन्तिम गन्तब्यलाई सार्थक र सुखमय बनाउन महायज्ञ गरिएकाले यसपटकको महायज्ञको विशेष महत्व रहेको बताए । यज्ञमा गरिएको दान आफ्नै अन्तिम गन्तब्य बनाउन भएकाले दिल खोलेर दान गर्न उहाँले आग्रह गरे ।

वैकुण्ठधामको पहिलो कथावाचनको दिनमा दाताहरुबाट ७ लाख ३८ हजार ४१६ रुपैयाँ दान प्राप्त भएको मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । आजको यज्ञमा पद्मा केसीबाट २ लाख २ हजार १०१ रुपैयाँ, डा. कीर्तिपाल सुबेदीबाट १ लाख ११ हजार १११ रुपैयाँ, शाश्वत आचार्य स्मृति प्रतिस्थानबाट ५१ हजार प्रदान गरेका छन् भने डा प्रकाश बहादुर थापाबाट २ लाख २२ हजार २२२, टोपबहादुर थापाबाट १ लाख ११ हजार १११, निरु रेग्मीबाट १ लाख ११ हजार १११ तथा लललित रौनियारबाट २५ हजार दान गर्ने घोषणा भएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

पंडित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरिएको थियो । सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चानेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : ०३ बजे

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी

रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ ।

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय