२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा



कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना स्थानीयलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने स्थानीय लक्ष्मी प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

सडकको बिचभागमा हुर्केका ५ वटा स्वामीको रुख काटेको अभियोगमा भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । भुसालले गत भदौ २४ गते राती आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा ढलाइदिएका थिए ।

भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको हो । कोहलपुर नगर प्रहरीको जाहेरी र वन कार्यालयको अनुमतिमा भुसाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्मराज भण्डारीले बताए । भुसाल विरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीका अनुसार भुसालले बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले काटिदिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : १५ बजे

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’

दोलखामा ४.५ रेक्टरको भूकम्प

काठमाडौं । दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा

कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रो पटक