नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्स आजबाट आरम्भ भएको हो । महोत्सवको एक समारोहका बीच पं पोखरेलले पानसमा दियो बालेर उदघाटन गरे ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको अन्तिम सत्यकारुपमा रहे्को मृत्युलाई सहज र सम्मानपूर्वक बनाउन वैकुण्ठधामको परिकल्पना गरिएको बताए । उनले हरेक मानीसको सरकोकारको विषय भएकाले वैकुण्ठधाम निर्माण अभियानमा सबैको सहभागिता आवश्यक रहने बताए ।
उनले आm्नो प्रवचन भागवतमामात्र केन्द्रति नहुने स्पष्ट पार्दै महोत्सवमा युवा केन्द्रीत प्रवचन हुने जानकारी दिए । विज्ञान र आध्यात्मको सम्बन्धको ब्याख्या प्रवचन मार्फत उजागर गरिने बताउँदै पं पोखरेलले आध्यात्मिक दर्शनलाई युवाहरुसम्म पुर्याउने जनाए ।
आध्यात्मिक महोत्सवले धार्मिक र साम्प्रदायिक सदभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सबै धर्म र सम्प्रदायलाई आध्यात्मिक महोत्सवमा सहभागी हुन आग्रह गरे । उनले बाँकेका सबै स्थानीय निकाय र बर्दियाबाट समेत वैकुण्ठधाम निर्माणमा योगदान रहने विश्वास ब्यक्त गर्दै उनले बाँकेमा बन्ने धाम पश्चिम नेपालकै आर्यघाट बन्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रत्न खत्रीले वैकुण्ठधाम सिधनियाघाट निर्माणलाई प्रदेश सरकारको गौर।वको आयोजना बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले वैकुण्ठधाम दाहसंस्कारस्थल मात्र नभएर धार्मिक पर्यटकियस्थलका रुपमा पनि विकास गरिने भएकाले यसको सार्थकताले अmभै महत्व थपेको उल्लेख गरे ।
प्रतिनधिसभा सदस्य दीपा शर्माले महोत्सवबाट आर्जन गरेर नपुगेको रकम सरकारले बजेट मार्फत व्यवस्था गरउने बताइन् । उनले वैकुण्ठधाम निर्माणमा सहयेग गर्न प्रदेश र स्थानीय सरकारको साझा संकल्प हुनुपर्ने बताइन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगर प्रमुख प्रसान्त विष्ट, कोहलपर नगरपालिकाकी उपप्रमुख संगिता सुबेदीलगायतले् महोत्सवको सफलता सहित वैकुण्ठधाम निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गेका थिए ।
उदघाटन पूर्व पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट निस्केको शोभा कलशयात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः रामलिला मैदान पुगेर सम्पन्न भएको थियो । बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहित निस्केको शोभा कलशयात्रा भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोझी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन भएको थियो । जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रामा हजार बढी स्थानीयबासीको सहभागिता रहेको थियो ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उदघाटनका दिनसम्ममा ५० लाख बढी संकलन भइसकेको उनले जानकारी दिए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चानेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।
महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।
कार्यक्रममा बाँकेका विभिन्न धार्मिक मठ मन्दिरका साधुसन्तसहित समाजका विशिष्ठ व्यक्तिहरुो उपस्तिी रहेको थियो
प्रतिक्रिया