२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते



धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए । एकआपसमा ठोक्कीएका बस सडकमै रहेका कारण अहिले पृथ्वी राजमार्ग अवरुद्ध रहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ०३ बजे

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कार्तिक २७ देखि ३० गतेसम्म चल्ने, यसवर्ष महाजोग

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती मन्दिरमा कार्तिक पूर्णिमाको अवसर

आशामै बित्यो पीडितको एक महिना

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले

राष्ट्रपतिमा विजयी भएको ट्रम्पको घोषणा

अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको