काठमाडौं । नेपाल संवत् अन्तर्राष्ट्रिय जगत्मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत् हो । नेपाल संवत् नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको देखिँदैन, जसले देशको नामबाटै आफ्नो संवत्लाई चिनाएको होस् । त्यसैले, नेपाल संवतले सिङ्गो नेपालको राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रियतालाई आफूभित्र समेटेको छ भन्दा अत्युक्ति हुँदैन ।
नेपालमा धेरै संवत् प्रचलनमा आएका भेटिन्छन् । इस्वी (गे्रगोरियन), शक, मानदेव, विक्रम, हेब्रु, हिजरी, चिनियाँ, कलिगतलगायत अरु थुपै सम्वत् हामीकहाँ चलनचल्तीमा देखिन्छन् । नेपालभित्र प्रचलनमा रहेका जति पनि संवत्हरू हामी देख्छौं, नेपाल संवत्ले ती संवत्हरूभन्दा भिन्न इतिहास र भावना बोकेको पाउँछौं । नेपाल संवत् जति जनस्तरमा व्याप्त छ, चर्चित छ र राष्ट्रिय संस्कतिसँग अभिन्न रूपमा गाँसिएको छ, अरु संवत् त्यस्तो देखिँदैन ।
नेपाल संवत् नेपालको चाडपर्व लगायत जन्मदेखि मृत्युसम्मका सम्पूणे संस्कारहरूको मुख्य आधार हो । यस संवत्मा तिथिमितिदेखि यावत् कुराहरू व्यवस्थित छन् । कतिपय यस्ता संवत्को चर्चा पनि हुने गर्छ, जसको वर्ष गणना भए पनि तिथिमिति देखिँदैन । बुद्ध संवत्, यले संवत् यसका उदाहरण हुन् । यसमा तिथिमिति देखिँदैन । नेपाल संवत् नै एक मात्र यस्तो संवत् हो जुन जनस्तरमा आजपर्यन्त सर्वस्वीकार्य भई प्रचलनमा रहिआएको छ ।
इतिहास केलाएर हेर्दा विसं १८२५ (नेपाल संवत् ८८८) मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरी तत्कालीन नेपालमण्डल, जसभित्र कान्तिपुर, ललितपुर, भक्तपुर र द्वाल्खा चारवटा स्वायत्त राज्य थिए, त्यसमध्ये कान्तिपुर विजयपश्चात् क्रमशः अरु राज्यहरू पनि आफ्नो नियन्त्रणमा लिए । लिच्छविकालमा नेपाल उपत्यका र वरिपरिको भूभागलाई नेपालमण्डलको नामले पुकारिन्थ्यो । नेपालमण्डल शब्दको प्रयोग नेपालमा तत्कालीन दक्षिण एसियामा प्रचलित महाजनपद राज्यहरूजस्तै सङ्घीय नेपाल भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । त्यतिबेला नेपालमण्डल पाँचवटा राज्यहरूको सङ्घराज्य थियो । तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा र द्वाल्खा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपालमण्डल थियो । बनेपा राज्य भक्तपुरमा गाँभिएपछि त्यो चारवटा राज्यको सङ्घ थियो । नेपाल संवत् नेपालमण्डलभरि प्रयोगमा थियो । गोर्खा राज्य विस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपाल संवत्लाई हटाएर शक संवत् प्रयोगमा ल्याउने काम भयो ।
नेपालमा शक संवत् दुईपटक प्रयोगमा आए । पहिलोपटक लिच्छवि कालमा शक संवत् प्रयोग भयो, पछि फेरि शक संवत् हटेर मानदेव संवत् र त्यसपछि नेपाल संवत् प्रयोगमा ल्याइएको देखिन्छ । दोस्रोपटक वर्तमान आधुनिक नेपाल निर्माणपश्चात् पृथ्वीनारायण शाहले पुनः शक संवत् प्रयोगमा ल्यायो । वर्तमान भारतको स्थापनापूर्व त्यहाँ झन्डै ५६५ वटा रजौटा राज्यहरू थिए । त्यसमध्येका विभिन्न राज्यहरू वज्जी, लिच्छवि, गुजरात, मेवाड, चितौड आदिमा शक संवत् चल्दथ्यो । यसरी पुनः शक संवत् प्रयोगमा आउनाका कारण केलाउँदा पृथ्वीनारायण शाहले आफ्नो पुख्र्यौली राज्यमा प्रचलित संवत् भित्र्याएको देखिन्छ ।
त्यतिबेला नेपालको आफ्नै नेपाल संवत् अस्तित्वमा आइसकेको थियो । नेपाल सवत् फेरि शक संवत्कै परिमार्जित र विकसित रूप पनि हो । किनकि नेपालको तिथिमिति र चाडपर्वलाई निरन्तरता दिने मात्र हैन त्यसलाई क्रमबद्ध रूपमा मनाउने पद्धति यसमै निहीत छ । जस्तै नेवाः समुदायले मनाउने मोहनी अरु समुदायले मनाउने दशैं वा दशहराभन्दा अलि भिन्न छ । नेवारहरूले कुछि भ्वय्, स्याक्वःत्याक्वः, चालँ ९अर्थात् अष्टमी, नवमी र दशमी० मनाउँछ, जुन आदि कालदेखि नै क्रमवद्धरूपमा मनाउने चलन थियो र छ । स्वन्ति दीपावली ९त्रिहार० भनेर लगातार तीन दिन तीन वटा तिथिमा लगातार मनाउने चलन चलिरहेको छ । नेपाल संवत् अनुसार नेवाः समुदायले लक्ष्मी पूजा वर्षको अन्तिम दिनका रूपमा मनाउँछन् । त्यस दिन विशेष गरी वर्षभरिकै हिसावकिताबको फरफारक गर्ने काम हुन्छ । लक्ष्मी पूजा गरेर धनको देवता मानेर धनधान्यले पूर्ण होस् भनेर आराधना गर्ने गरिन्छ ।
भोलिपल्ट नेवाः समुदायले म्ह पूजा (आत्म पूजा) गर्छन् । यसमा मन्द बनाएर आफ्नो शरीरलाई पूजा गर्ने गरिन्छ । मन्दःमा धान (वा), लावा (ताय्), आखे, गेडा मास (ग्वमाय्) कालो भट्मास (हाकुमुस्या) लगायतका खाद्यवस्तुलाई समेत राखी पूजा गरेर सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरिन्छ । त्यसरी नै बिमिरा, ओखर, बदाम आदिलाई पनि पूजा गर्ने चलन छ । नेपाल संवत्को प्रारम्भपछि दोस्रो दिन किजापूजा (भाइटीका) मनाइन्छ । त्यस दिन वसुधैव कुटुम्बकमको मान्यताअनुसार भातृत्वभाव प्रदर्शन गर्दै दिदीबहिनी दाजुभाइ एक आपसमा मायाँ र खुसी साट्छन् । यस्तो परम्परा नेपाल संवत् प्रारम्भ हुनुभन्दा अगाडि नै भए पनि यसलाई पछि नेपाल संवत् प्रारम्भ गर्दा म्ह पूजाकै दिनबाट नयाँ वर्ष सुरुआत गरिंदा सुनमाथि सुगन्ध भनेजस्तै भयो ।
पृथ्वीनारायण शाहबाट आधुनिक नेपाल निर्माण भएपछि जुन कारणले हटाइ सकेको शक सम्वत् नेपालमा पुनः चलाएपछि राणाहरूले सत्ता हातमा लिएपछि त्यसैको हुबहु नक्कल गरेर शक संवत् हटाए र वि.सं. १९६२ (नेपाल संवत् १०२६) मा तिनीहरूले पनि आफ्नै पुर्खासँग जोडेर विक्रम संवत् भित्र्याए । नेपालमा राणा शासन सुरु भएपछि जनताका राजनीतिक र आर्थिक अधिकार मात्रै होइन, सांस्कृतिक अधिकारहरू पनि थप हनन भए ।
नेपालको इतिहासका जानकार सबैलाइ थाहा छ, जंगबहादुर राणा नभई कुँवर थरका थिए । राजकूलका भारदार रहेका उनले कोत पर्व गरी सत्ता हातमा लिएपछि आफ्ना पुर्खाहरू तत्कालीन उज्जैन राज्यको राणाखलक भएको बताउँदै त्यहाँका राजखलकसँग नाता जोडेर कुँवरबाट राणा बने । चन्द्र शमशेरको पालामा आएर तत्कालीन उज्जैन राज्यमा प्रचलित विक्रम संवत्लाई नेपालमा प्रचलनमा ल्याउने घोषणा गरे । यदि राणाहरूमा राष्ट्रियताको भावना भएको भए नेपाल संवतलाई नै पूर्ण प्रयोगमा ल्याउन सक्थे ।
नेपालमा विक्रम संवत् चलाउनुपर्ने पक्षमा तर्क दिँदा अघि सार्ने एउटा मुख्य तर्क त्यतिबेलासम्म नेपालमा प्रचलनमा रहेका संवतहरु तिथिमा आधारित भएकाले प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने हुँदा अतिरिक्त एक महिनाको तलब भत्ता बढी खुवाउन पर्ने बाध्यता हो भन्ने गरेको छ । तर विक्रम संवत् भित्राएको बखत त्यस संवतमा पनि त्यहि समस्या थिए । त्यसैले त्यसमा कुनै सत्यता देखिंदैन । किनभने तत्कालिन समयमा उज्जैनमा प्रचलित विक्रम संवत् पनि तिथि सम्वत् (लुनार क्यालेन्डर) अर्थात चन्द्रमासमै आधारित थिए । नेपालमा भित्रयाइएका बेला श्री ३ चन्द्र शम्शेरले संवत् मात्रै भित्र्याएको नभई केही ब्राह्मण र ज्योतिष पनि भित्र्याए र त्यसमा गते थप्न निर्देशन दिए । अहिले पनि भारतको राजस्थान राज्यका केही भागहरूमा चन्द्रमासमै आधारित विक्रम संवत् प्रचलनमा छ । अहिले पनि कृष्ण पक्ष, शुक्लपक्ष भन्ने गरिन्छ त्यहाँ । नेपालमा गते थप्ने कामको निर्णय चन्द्र शमसेरको पालामा भए पनि गते थपेर सरकारी कामकाजमा प्रयोगमा ल्याउने काम भने भीम शमसेरको पालामा भएको कुरा प्रो. माणिक लाल श्रेष्ठले उल्लेख गर्नुभएको छ । यसरी विक्रम संवत् चलाउनुको पछाडि कुनै राष्ट्रिय भावना देखिँदैन । साँच्चै नै राष्ट्रिय भावना वा एकतालाई महत्व दिन चाहेको भए नेपाल संवत्मै पनि गते थप्न सकिन्थ्यो ।
नेपालमा नेपाल संवत् प्रयोगमा ल्याउनु पर्छ भनिरहँदा सबैको मनमा उब्जने प्रश्न भनेको कसरी प्रयोगमा ल्याउने भन्ने हो । त्यसका बारेमा अहिले विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पहिलो कुरा नेपालमा यो स्तरीय छैन, वैज्ञानिक छैन भनेर प्रश्नहरू उठाउने गरिएको छ । नेपाल संवत्को ऐतिहासिकता, वैज्ञानिकता र व्यावहारिकताका बारेमा संवत्माथि उठ्ने उठाइने यी सवाललाई हामीले हल गर्न जरुरी छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल संवत् प्रयोगको इतिहास गरिमामय छ । यो वैज्ञानिक पनि छ । तर स्तरीय छ कि छैन भन्ने सवालमा वहस हुन सक्दछ । सौर्यमासमा आधारित इस्वी सम्वत् पनि कतिपय देशमा पछि सुधारिएकै हो । रुसमा अक्टोवर क्रान्ति जुलियस सिजरले विकास गरेको संवत् अनुसार अक्टोबर २५ मा भएको थियो । पछि पोप ग्रेगोरीले परिमार्जित गरेका सौर्यमासमा आधारित पात्रोमा मिलाउँदा अक्टोबर क्रान्ति नोभेम्बर ७ मा पर्न गयो ।
सौर्यमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा भनेको मेष राशिदेखि १२ राशिको सूर्यको भोगावधि हो, जसको अवधि ३६५.२५ दिन हुन्छ । अर्को भाषामा भन्दा पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न लाग्ने समय ३६५ दिन र ६ घण्टा हो । त्यसैले सौर्यमासको क्यालण्डर भनेको वर्षमा ३६५.२५ दिनको व्यवस्थापन हो । सौर्यमास पात्रो नै भए पनि विक्रम संवत्मा पनि धेरै खोटहरू छन् । कुन सालमा असारमा ३२ दिन हुन्छ भन्ने कुरा निक्र्योल नहुने मात्र होइन, यसमा अधिक वर्ष ९ीभबउ थ्भबच० कहिले पर्छ भन्ने पनि थाहा हुँदैन । यसको गणना नमिल्दा असोजमा मनाउनुपर्ने चाडपर्वहरू समेत कार्तिकमा पर्न थालि सक्यो । असारे गीत जेठमा गाउनुपर्ने भइसक्यो । त्यसैले विक्रम संवत् सुधारका अभियन्ताहरूले अव चाड पर्वहरू १ महिना अगाडी सार्नुपर्ने बताउन थालेका छन् । उहाँहरूको तर्कअनुसार विक्रम संवत् २४ दिन ढीला भइसकेका छ । यसरी हेर्दा सौर्यमासको क्यालेण्डरमा पनि सुधार आवश्यक छ ।
अर्को कुरा चन्द्रमासको तिथि संवतमा सौर्यमासको गते थप्दा आउने समस्याहरू पनि ज्युँका त्युँ छन् । विक्रम संवत्मा चन्द्रमासको तिथिसँगै सौर्यामासको गते थपेर प्रयोग गर्दा यस संवत्मा कुनै वर्ष चैत दसैँ नै नहुने, कुनै वर्ष २ पटक चैत दसैँ पर्ने समस्या पनि छ । त्यहि भएर होला सायद भारतले सरकारी कामकाजमा इश्वी संवत् प्रयोग गर्ने गरेको छ । चीनले पनि आफ्नो राष्ट्रिय संवतमा सौर्यमासको तरिख वा गते नथपी इश्वी संवत् नै प्रयोग गर्ने गरेको छ ।
प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने अधिक मासको समस्या त कुनै पनि चन्द्रमासको क्यालेण्डरमा हुन्छ नै । यसको कुनै हल निकाल्न सकिँदैन । किनकि चन्द्रमासको क्यालण्डरको सैद्धान्तिक अवधारण सौर्यमासको भन्दा फरक छ । चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो । यसले सूर्यको विपरीत पृथ्वीको फन्को मार्दछ । यसले हरेक २७।३ दिनमा पृथ्वीको परिक्रमा पुरा गर्छपैथ्वीको गिुरुत्वाकर्षण शक्तिले चन्द्रमालाइ प्रभाव पारिरहेको हुन्छ । प्रत्येक २९।५ दिनमा चन्द्रमा पुनः यथास्थितिमा फर्किन्छ । चन्द्रमासको संवत् चन्द्रमाको यहि घुम्ने चालमा आधारित हुन्छ । यसरी हेर्दा १ वर्षमा २९।५ गुणा १२ बराबर ३५४ दिन हुन्छ । त्यसैले प्रत्येक ४ वर्षमा अधिक मास हुन्छ । यो कुरा विज्ञानसंगत कुरा नै हो । यहि कारणले प्रायजसो देशहरूमा सरकारी कामकाजमा चन्द्रमासको संवतभन्दा सौर्यमासको संवत् प्रयोग हुन थालेको हो ।
चीनमा आफ्नो चिनियाँ क्यालेण्डर भएपनि उनीहरूले आफ्नो चाडपर्वमा मात्र प्रयोग गर्ने गरेका छन् र सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्छन् । भारतमा शक संवत्, विक्रम संवत्लगायत थुप्रै संवतहरू छन् । भारतले शक संवत्लाइृ आफ्नो राष्ट्रिय संवत्को मान्यता दिएको छ तर सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्ने गरेको छ । नेपालमा सौर्यमास थपेर विक्रम संवत् चलाए, तर यो वैज्ञानिक र स्तरीय देखिंदैन ।
आजभोली नेपाल संवत्मा पनि सौर्यमास क्यालेन्डर निकाल्न थालिएको छ । त्यसमा ग्रेगोरियन क्यालेन्डर जस्तै प्रत्येक ४ वर्षमा छैठौं महिना अर्थात चउला (महिना) मा १ दिन थपी अधिक वर्ष मिलाइएको छ । त्यसअनुसार नेपाल संवत्को पहिलो पाँच महिना अर्थात् कछला, थिंला गर्दै चिल्ला सम्मको पाँच महिना ३० दिन हुने, छैंठौं महिना अर्थात् चउलामा प्रत्येक वर्ष २९ दिन र ४ ले भाग जाने प्रत्येक वर्ष ३० दिन हुने र सातौं महिना बछला, तछला गर्दै कौलासम्म ३१ दिन हुने प्रबन्ध गरेको छ । यसरी पहिलो ५ महिनाको १५० दिन, छ्रठौँ महिनाको २९ दिन र पछिल्लो ६ महिनाको १८६ दिन गरेर ३६५ दिन हुन्छ । अब ४ वर्षमा एकचोटि चौला महिनाको २९ लाई ३० गरिन्छ, त्यसो गर्दा ३६६ दिन हुन्छ । यस हिसाबले प्रत्येक चार वर्षमा त्यसलाई व्यवस्थित गरेर जान्छ । यो गर्नुपर्नाको कारण सूर्यलाई पृथ्वीले परिक्रमा गर्दा लाग्ने ३६५.२५ को जुन पद्धति छ, त्यो अधिक ०.२५ लाई मिलाउन चौथो वर्ष एकदिन बढाइएको हो । यसरी नेपाल संवत्लाई सौर्य मासमा आधारित बनाएर लाने प्रयत्न भएको छ । नेपाल संवतको सौर्यमास प्रणाली पछिल्लो विज्ञान र प्रविधिको प्रयोग गरी विकास गरेकाले विक्रम संवत्भन्दा वैज्ञानिक र स्तरीय देखिन्छ । यसलाई कतिपय व्यवसायीहरूले आफ्नो आन्तरिक कामकाजमा प्रयोग गर्न पनि सुरु गरेका छन् ।
नेपाल संवत्को वैज्ञानिकताको जुन सवाल छ, त्यसमा नेपाल संवत्मा वैज्ञानिकता छैन भनेर कसैले पनि भन्न सकिने आधार छैन । विज्ञानले कारण र परिणामको माग गर्छ । चन्द्रमास पद्धतिअनुसार यसका तिथि तय हुन्छ । नेपाल संवत्को पात्रो निर्धारण गर्ने विज्ञहरूद्वारा जुन दिन सूर्यग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन सूर्यग्रहण भएकै छ, जुन दिन चन्द्रग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन चन्द्रग्रहण भएकै छ । त्यस्तै पूर्णिमाको दिनमा झलमल्ल जुन लागेकै हुन्छ र औंशीको दिन रात अन्धकार भएकै छ ।
नेपाल संवत्मा तिथिमितिहरू प्रयोग गर्दा हाम्रो देशको संस्कृति, रितिथिति र परम्पराअनुसार चाडपर्वहरूमा तिथि टुट ९तुथ० नहुने गरी क्रमशः मनाउने, घडी पला नहेरी दिनभरी एउटै तिथि प्रयोग गर्ने जस्ता सौर्यमासका विशेषताहरूलाई चन्द्रमासकै तिथिमा समायोजन गरी नेपाल संवतको तिथि प्रयोग गर्ने प्रचलन छ । यस्तो प्रवन्ध विक्रम संवतमा छैन । त्यसैले आजभोली स्वन्ति (त्रिहार वा तिहार. लगातार तीन दिन) हुनुपर्ने कहिले एउटै तथि दुई दिन पारी निन्ति (दुईहार) कहिले घडी पला हेरी तिथि टुट भन्दै चार दिन पारी प्यन्ति (चारहार) हुन थाल्यो । यसपटक त सुरु र अन्त्य हिसाव गरी स्वन्ति (तिहार) ५ दिन हुन गयो । नेपाल संवत् प्रयोग गर्दा यस्तो समस्या नहोस भन्नाका लागि नै शक संवतको तिथिमितिहरूमा आवश्यक स्तरीयकरणसहित यसलाई प्रयोग गरिएको हो भन्ने यसका विज्ञहरूको दावा रहेको स्पष्ट छ ।
नेपाल संवत् प्रारम्भ हुनुको पछाडि राष्ट्रियताको भावना, लोकतान्त्रिक आन्दोलनसँग जोडिएका इतिहास र सामाजिक परिवर्तनका सन्दर्भहरू पनि छन् । नेपालमा अरु संवत्हरूको प्रयोगमा यस्तो देखिँदैन । हामीले पञ्चायतकालमा शुभकामना आदानप्रदानको कार्यक्रम राख्दा दमन गरी धरपकड र राज्य आतंक सृजना गरेपछि हामी पञ्चायत व्यवस्थाविरुद्ध जानैपर्ने स्थिति बन्यो । हामीले लोकतान्त्रिक आन्दोलनसँग जोडेर यसलाई अगाडि बढायौँ ।
राष्ट्रियताका भावना त यो संवत्सँग जोडिएकै छ । यसको नामले त्यसलाई प्रतिविम्बित गर्छ र अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनिएकै छ । संयुक्त राष्ट्र संघमा नेपालले सदस्यता प्राप्त भएको बखत भामरतको भन्ला फरक नेपालको मौलिकता झल्काउने माध्यमको रूपमा यहाँको मौलिक संस्कृति, लिपि, संवत् आदि प्रस्तुत गर्नुपर्ने परिस्थिति सृजना भएको थियो । त्यसको एउटा साधन संवत् पनि थियो । नेपालमा लोकतन्त्र बहाली भई २०१५ सालको पहिलो आम निर्वाचपश्चात २०१६ सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसपश्चातको लोकतान्त्रिक वातावरणमा संयुक्त राष्ट्र संघका साथै विभिन्न कूटनीतिक नियोगहरूमा नेपाली प्रतिनिधिहरूको पहलमा नेपाल संवतको पहिलो दिन ‘नेपाल डे’ भनेर मनाउन सुरु भएको थियो । वास्तवमा नेपाल संवतले नेपालको पहिचान स्थापित गर्न मद्दत गरेको पनि थियो । तर नेपालमा जब नेपाल भाषा मंकाः खलःको स्थापना गरी २०३६ सालबाट नेपाल संवत्को शुभकामना आदानप्रदानको भिंतुना जुलुश कार्यक्रम अगाडि बढाइएपछि त्यसमा केही पूर्वाग्रह साँधियो र विविध बहाना बनाएर २०३८ साल (नेपाल संवत् ११०२) तिर आएर संयुक्त राष्ट्र संघ लगायतका कुटनीतिक नियोगहरूमा ‘नेपाल डे’ मनाउने परम्परा तत्कालीन पञ्चायती सरकारले ग¥यो ।
नेपाल संवत्मा राष्ट्रियताको भावना साथै सामाजिक परिवर्तनको भावना पनि प्रचुर मात्रामा छ । जस्तो कि ऋणमोचन जस्तो लोक कल्याण, सामाजिक न्याय र परोपकारी भावना । आफूले कमाएको सम्पत्तिलाई प्रयोग गरेर सम्पूर्ण जनतालाई ऋण मुक्त बनाएर शंखधर साख्वाःले नेपाल संवत् सुरु ग¥यो । साख्वाः भन्ने शब्द संस्कृतको साखवालबाट आएको देखिन्छ । इतिहासकार भूवनलाल प्रधानका अनुसार साखवाल भनेको ऋण लिने दिने एउटा आर्थिक कारोवार गर्ने समुदाय हो । यसलाई अंग्रेजी भाषामा क्रेडिटर भन्न सकिन्छ । आधुनिक बैंकिंग प्रणाली सुरु नभएको बेला लेनदेन गर्ने सबै कामहरू यिनीहरूबाटै हुने गथ्र्यो । एकजना परोपकारी भावना भएका र व्यापार विनियममा लाग्ने व्यक्तित्वले आफूले कमाएको धनसम्पत्तिबाट ऋणमोचन गरी सम्पूर्ण जनताको ऋणमोचन गरी आर्थिक दासताबाट मुक्त गरेर यो नयाँ संवत् शुरु गरेको हो । त्यसैले नेपालमण्डालका तत्कालीन मूल राजा राघवदेवले आफ्ना जनताको भलो हुने देखी इस्वी संवत् ८७९ अक्टोवर २० का दिनदेखि सम्पूर्ण तिथिहरू शक संवत् र मानदेव संवत्कै प्रयोग हुने गरी त्यसलाई यथावत नै राखेर कछलाथ्व पारुदेखि यो संवत् सुरु गरिएको देखिन्छ । यी तथ्यहरूले यो संवत्को गरिमामय इतिहास पुष्ट्याइँ गर्छ ।
नेपाल संवतको गरिमामय इतिहासलाई फेरी पनि पुनस्र्थापित गर्नु पर्छ र शंखध साख्वाःको लोककल्याणकारी भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रचार प्रसार गर्नु पर्दछ । नेपालमा पनि सबै तहको सरकार र जनस्तरमा यसको प्रयोग गर्नु पर्दछ । यस सन्दर्भमा २०४६ सालको परिवर्तन र २०६२÷६३ सालको जनक्रान्तिपश्चात गरिएका निर्णयहरू उल्लेखनीय छन् । तर ती निर्णयहरूको पछाडी नेपाल संवत् आन्दोलन को महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा भुल्नु हुँदैन । खासगरी २०५६ (नेपाल संवत् ११२०) सालमा तत्कालिन कृष्णप्रसाद भट्टराईको सरकारबाट शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, २०६५ साल (ने.सं. ११२८ मा निर्णय गरी ११२९ को न्हूदँको दिन घोषणा) मा तत्कालिन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रिय मान्यताको घोषणा गर्नु र २०४४ साल (ने.सं. ११४४) मा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय भई कार्यान्वयनमा लानु महत्त्वपूर्ण निर्णय हो ।
त्यसरी नै बागमती प्रदेश सरकार र काठमाडौँ, ललितपुर लगायतका केही स्थानीय सरकारहरूले पनि नेपाल संवतलाई प्रयोगमा ल्याइसकेको छ । त्यसैले प्रत्येक नेपालीहरू, जो न्याय, स्वतन्त्रता, समानता र परिवर्तनका हिमायती छन्, सबैले यसमा गर्व गर्नु पर्छ । यसको मुख्य कारणहरूमाः पहिलो, नेपाल संवत् मौलिक संवत् हो । दोस्रो, यो कुनै देवी देवता, धर्मगुरु वा राजा महाराजाको नाममा स्थापित संवत् होइन । तेस्रो, यो संवत्सँग जनतालाई आर्थिक दासताबाट मुक्त गराएको गौरवमय जनश्रुति गाँसिएको छ । चौथो, यो संवत् स्थापना भएको बेलाका राजा राघवदेव स्वयं पनि यस संवत्का संस्थापक शंखधर साख्वाःको देशप्रेम, परोपकारी भावना र ऋणमोचनजस्तो पवित्र कार्यबाट प्रभावित भएर यो संवत् प्रचलनमा ल्याउन स्वीकृति प्रदान गरिनु आदि ।
अन्तमा नेपाल संवत्का प्रवर्तक हाम्रा राष्ट्रिय विभूति शंखधर साख्वाःप्रति हार्दिक सम्मान प्रकट गर्दछु । नेपाल संवत्को नयाँ वर्ष ११४५ भव्य रूपले मनाऔं, राष्ट्रिय एकता प्रकट गरौं । देशभित्र र विदेशमा पैmलिएर रहेका सबै नेपालीहरूलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(लेखक नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति २०४५ को अध्यक्ष हुन्)
प्रतिक्रिया