२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै



पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ । नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो ।

रामपुर नगरपालिका–४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा तीनतले भवनसहितको सङ्ग्रहालय निर्माण सुरु गरिएको नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताए । नयाँ पुस्तालाई पुराना मौलिक कला संस्कृतिबारे अवगत गराउन सङ्ग्रहालय बनाउन थालिएको अध्यक्ष श्रेष्ठ बताए ।

सङ्ग्रहालय निर्माणका लागि सङघीय र प्रदेश सरकारबाट रकम विनियोजना भएको छ । दुई चरणमा गरेर संरचना निर्माणको काम सक्ने योजनाका साथ निर्माणको काम अघि बढाइएको छ ।

पहिलो चरणमा सङ्घीय सरकारबाट विनियोजन भएको रु १८ लाख र जनश्रमदान गरी रु २१ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट भवन निर्माण हुनेछ भने दोस्रो चरणमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु २५ लाखको काम ठेक्काबाट हुने नेवाः समाजका सचिव विमल श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा रु ४६ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट काम हुने बताइएको छ ।

परम्परागत रुपमा चलनचल्तीमा आएका कला, संस्कृतिलाई लोप हुन नदिन नेवाः समाजले गरेको यस कार्यले नयाँ पुस्ताले आफ्नो संस्कृतीबारे धेरै जानकारी पाउँनेछन् ।

यहाँ निर्माण हुन लागेको सङ्ग्रहालयमा नेवार समुदायको मात्र नभई अन्य जातजाति, समुदायमा प्रचलित संस्कृतिलाई समावेश गरेर राख्ने समाजले जनाएको छ । पहिलो तलामा सभाहल, दोस्रो तलामा सङ्ग्रहालय र तेस्रो तलामा कार्यालय भवन रहनेछ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालयले रामपुरको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

भवनको शिलान्यास प्रदेशसभा सदस्य श्रेष्ठले गरेका हुन् । रामपुरमा रहेका नेवाः समुदायले आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा जुटेको छ । यस आयोजनाबाट सात सय जना लाभान्वित हुने समाजले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : १४ बजे

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरुले सम्बोधन गर्दै

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिका सहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीन । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी