१५ कार्तिक २०८१, बिहिबार | October 31, 2024

नगरवासीलाई सहुलियत शुल्कमा फूल



नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ ।

पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले भने, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।” मखमली फूल प्रतिकिलो रु तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको छ । उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिए । बजारमा हाल सयपत्री फूल प्रतिकिलो रु दुई सय ५० र मखमली रु चार सयमा कारोबार भइरहेको छ ।

नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १ : ०५ बजे

फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच

तिहारमा पटका पट्काउँदा प्रदूषण

काठमाडौँ । वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली)मा पटका

रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ)

समग्र सुखका लागि अष्ट–लक्ष्मीको साधना

काठमाडौं । ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक