१० कार्तिक २०८१, शनिबार | October 26, 2024

रोटरी चौतारीको नियमित बैठकमा मानव सेवामा आश्रितलाई भोजन



बुटवल । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो २२४ औं बैठक सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई शुक्रबार साँझ भोजनसहित रोटरी चौतारीले आफ्नो नियमित बैठक सम्पन्न गरेको हो ।

विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । यसरी आश्रय लिएकाहरुलाई क्लवले खाना खुवाएको अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै पौडेलले यहाँ आश्रित असहायहरुका लागि खर्च गर्न पाउँदा सबैभन्दा ठूलो उपलव्धि हासिल गरेको महसुस भएको बताए । पौडेलले आफ्नो जन्मदिनको अवसर समेत पारेर क्लवको तर्फबाट आश्रममा भोजन गराएका हुन् ।

क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले मानव सेवा आश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभूति भएको बताए । उनले क्लवले आगामी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमकी सह-संयोजक विष्णु घर्तीले सडक मानवको उद्धार गरी भलवारीमा १२५ जना र बुटवल शाखामा ४३ जनालाई राखिएको जानकारी दिइन् । घर्तीका अनुसार संस्थाले नेपालभर ७ वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी ७ हजार बढी खुला आकाशमुनी, सडक पेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालपोषण तथा परिवार भेटिएका वा नभेटिएका परिवारको खोजी र पुनर्मिलन गर्दै आएको छ । कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

आश्रममा १२५ जनाले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : २७ बजे

डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल

जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या

ड्रोनबाट सामान ढुवानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु (फोटो फिचरसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी

काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट अवैध पटाका बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँबसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ