९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी



काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहिको साथै सचेतना जगाउने काम गर्दै आएको छ । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमशः हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाहि समेत गर्दै आएको छ ।

सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ । कानूनी व्यबस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरवाही गरि वा ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ ।

अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । काठमाडौं उपत्यकामा गुड्ने करिव १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँ सँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रष्ट्याए ।

‘कारवाही सँगै हामीले चोक चोकमा प्ले कार्ड देखाएर चालकहरुलाई थप सचेत गराउने प्रयत्न भैरहेको छ यसले अनावश्यक हर्न बजाउने प्रबृत्तिमा कमी आउने र ध्वनी प्रदुषण नियन्त्रणमा आउने हाम्रो अपेक्षा छ ।’ उनले भने । यसलाई थप कडाई गरिने प्रमुख बोहराले थप उल्लेख गरे ।

गत आव ८०र८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस बर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारबाहि गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यहि कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ ।त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारवाहि गरेको छ ।

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागी ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक मानिन्छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि ध्वनी प्रदुषण गर्ने गरेको छ ।

जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामीहरुको जनस्वास्थ्यमा बढि असर गर्ने बिषयलाई समेत ध्यान दिदै नियमित निग्रानी र कारवाहि गरिदै आएको ट्राफिक प्रहरीका प्रबक्ता डिएसपी रबिन कार्कीले बताए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ०१ बजे

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक

सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल तनहुँबाट पक्राउ

काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री