९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ



सुनसरी । जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : १३ बजे

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको

पूर्व माओवादीहरु एक ठाउँमा केका लागि ? : डा. बाबुराम भट्टराई

काठमाडौं । प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई

‘नो हर्न’ अभियान प्ले कार्ड मार्फत सचेतना जगाउदै ट्राफिक प्रहरी

काठमाडौं । केहि दिन यता काठमाडौंका चोक चोकमा ‘नो हर्न’

तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका