७ कार्तिक २०८१, बुधबार | October 23, 2024

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’



तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताएका छन् ।

दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक सङ्गठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताए ।

जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको बताउँदै महासचिव विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च रहेको उल्लेख गरे । शिक्षकले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै उनले देशभर शिक्षकले विद्यार्थीमार्फत समाजवादी अभियानको बहस चलाउनुपर्ने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : १७ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई