१० कार्तिक २०८१, शनिबार | October 26, 2024

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई



पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिनका लागि बलियो संस्था आवश्यक रहेको बताएका छन् ।

नेसपाको आजदेखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै उनले भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताए ।

उनले भने, “फरक पार्टीकालाई भ्रष्टाचारको मुद्दा लगाउने र आफ्नालाई संरक्षण गर्ने गरिएको छ । यसरी देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार नियन्त्रण गर्न बलियो संस्था आवश्यक छ ।”

संयोजक भट्टराईले राष्ट्रिय एकता बलियो बनाउनका लागि देशभित्र रोजगारी सिर्जना गरेर युवाहरुलाई देशभित्र नै राख्नुपर्नेमा जोड दिए । “देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ, देशलाई एकताबद्ध राख्न देशभित्र रोजगारी सिर्जना गर्ने र युवाहरुलाई देशभित्रनै राख्नुपर्दछ । हिमाल, पहाड र तराईमा बस्नेहरुबीच एकता कायम गरेर मात्र राष्ट्रिय बलियो बन्दछ ।” भट्टराईले भने ।

नेसपाको वैचारिक राजनीतिक विश्लेषणा सही रहेको बताउँदै केही समय लागे पनि आफूहरुको विचार स्थापित भएरै छाड्ने उनले स्पष्ट पारे । “पाँच सिद्धान्तका आधारमा नयाँ नेपाल बनाउने परिकल्पना हाम्रो रहेको छ । केही समय लाग्ला तर वैकिल्पक राजनीतिक शक्ति र विचार स्थापित हुनेछ,” उनले भने ।

नेता भट्टराईले बाहिरी शक्तिहरुले नेपालमा अस्थिरता फैलाउने प्रयास गरेको जिकिर गरे । उनले सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाएर हिमाल, पहाड र तराईकाबीच बलियो एकता निर्माण गर्नु आवश्यक रहेको बताए ।

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गरेका थिए ।

प्रस्तुत घोषणापत्र र विधानका बारेमा सहभागीहरुबीच समूह बनाएर समूहगत छलफल भइरहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष किरण थापाले जानकारी दिए । उनका अनुसार अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्नेछ ।

अधिवेशनले पार्टीको सङ्गठनात्मक संरचना, नेतृत्व प्रणाली र सिद्धान्त लगायतका विषयहरु टुङ्गो लगाउने छ । अधिवेशनले पार्टीको महाधिवेशन, मिति र स्थानको घोषणा गर्ने बताइएको छ ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा (माओवादी) परित्याग गरी नयाँ शक्ति नामक अभियान सञ्चालन गरेका थिए ।

त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै हाल नेपाल समाजवादी पार्टी बनेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : ३२ बजे

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि

बिगो निर्धारण निर्देशिकाको मस्यौदा : यस्ता छन् लिनुपर्ने आधार

काठमाडौं । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग्) ले नेपालमै पहिलो पटक

साहित्य, कला र सङ्गीतमा लागेकाहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले समाजमा साँस्कृतिक

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग