३० आश्विन २०८१, बुधबार | October 16, 2024

राष्ट्रपति पौडेल सुर्खेतमा



सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।

आज अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत सहभागी छन् । राष्ट्रपति बिहीबार नै काठमाडौँ फर्किनेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ४५ बजे

प्युठानमा कार दुर्घटना : चार जना भारतीय पर्यटक घाइते

प्युठान । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक

राष्ट्रपति पौडेल सुर्खेतमा

सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका

मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा

लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ होईन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भ

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि