३० आश्विन २०८१, बुधबार | October 16, 2024

सवारी दुर्घटना गराई भागेपछि…



काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । निजका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पु¥याई फरार भएका प्रहरीले जनाएको छ । निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : ४० बजे

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत

पाँच रसियन आरोहीको शव काठमाडौँ ल्याइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन

राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विजरल्यान्डको नेसनल काउन्सिलका

विपद्पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल

खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा