२८ आश्विन २०८१, सोमबार | October 14, 2024

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन



नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको फेला परेपनि हत्यामा संलग्न ब्यक्ति भने अज्ञात रहेको छ । मृतक कामीको टाउको चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीमा ४० वर्षीय कामीको शनिबार राती हत्या गरिएको थियो । हत्याराले कामीको टाउको लिएर गएका थिए ।

घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा कामीको टाउको फेला परेको ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । टाउको भेटिएको घर प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरेको अनिल परियारको बहिनी पर्नेको घर भएको प्रहरीले जनाएको छ । शव फेलापरेदेखि नै स्थानीय परियार फरार छन् ।

पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा कामीको हत्या गरिएको थियो। घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोलामा टाउको बोकेर गएको देखिएको थियो ।

प्रहरीले फरार अनिलमाथि शंका गरेपनि हत्यामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाको गम्भीर अनुसनधान भइरहेको बाँके प्रहरी प्रवक्ता आयुस जोशीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : ३० बजे

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन

नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर

बाढीले दुई करोडको तरकारी बाली क्षति

सुनसरी । असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा

कुश्मामा पर्यटकीय चहलपहल बढ्दै

पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै