यस वर्षको सुरुवातमा मैले पश्चिमी विश्वमा प्रस्तुत गरिने कथनहरूको विपरीत, चीनको प्रयासलाई आफ्नै आँखाले देख्न पाउँदा खुसी भएँ, जहाँ विभिन्न जातीय समूहहरूबीच एकता बढाउने प्रयास भैरहेको छ । त्यहाँ मैले केही वास्तविकता अवलोकन गरेँ, जसले मेरो सोचाइलाई परिवर्तन ग-यो । मैले सोचेको जस्तो सिजाङ (तिब्बत) पछि परेको र दुर्गम क्षेत्र होइन रहेछ, बरु यसले प्रभावशाली पूर्वाधार र चिनियाँ सरकारको तिब्बती जनताको धार्मिक तथा सांस्कृतिक जीवनप्रति गरेको सम्मानलाई प्रतिबिम्बित गरेको रहेछ ।
मेरो भ्रमणको क्रममा मलाई प्रभावित गर्ने विभिन्न पक्षहरू थिए । पहिलो त, शिक्षा प्रणाली । मैले पत्तो पाएँ कि सिजाङ (तिब्बत)मा सार्वजनिक रूपमा वित्त पोषित शिक्षा प्रणाली छ, जसले बालबालिकाहरूलाई विद्यालयको खाना, आवास, र शिक्षण शुल्कको व्यवस्था गर्दै समान शैक्षिक अवसर प्रदान गर्दछ । मैले एउटा सार्वजनिक आवासीय विद्यालय भ्रमण गर्दा धेरै विद्यार्थीहरू कक्षामा होमवर्क गरिरहेका थिए र तिनीहरू तिब्बती र पुटोङह्वा (म्यान्डारिन) दुवै भाषामा सिकिरहेका थिए । केही देशमा अल्पसंख्यक भाषाहरूलाई सम्मान गरिँदैन, तर मैले भ्रमण गरेको विद्यालयमा अल्पसंख्यक भाषाहरूलाई सम्मान गरिएको पाइयो । व्यावसायिक तालिम लिइरहेका विद्यार्थीहरूसँग मेरो छलफल पनि भयो । व्यावहारिक सीपहरू हासिल गरेपछि विद्यार्थीहरू विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम पढ्न नपाए पनि समाजका उत्पादक सदस्य बन्न सक्नेरहेछन् ।
मलाई सिजाङ (तिब्बत)को पूर्वाधार र विकासले पनि प्रभावित बनायो, विशेष गरी यो क्षेत्रको भौगोलिक अवस्था र उच्च पहाडी भूभागको बाबजुद पनि यहाँको संरचना राम्रोसँग विकसित भएको पाइयो । यहाँको उच्च भू–स्तरले मलाई चकित बनायो, तर सडक लगायतका पूर्वाधारहरू राम्ररी जोगाइएका थिए । हामीले एउटा गाउँ पनि भ्रमण ग¥यौँ, जहाँका बासिन्दाहरू सुख्खा क्षेत्रबाट स्थानान्तरण भएका थिए । चीनले लाखौं मानिसहरूलाई गरिबीबाट मुक्त गराएको छ, र त्यो गाउँ त्यसको उदाहरण थियो । त्यहाँको स्थानीय सरकारले आधुनिक समुदायको स्थापना गरेको थियो, जहाँ बासिन्दाहरूलाई कारखानामा रोजगारीको अवसर दिएको थियो, जसले गर्दा तिनीहरूले सेवाहरूमा पहुँच पाएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरूमा विकासको अधिकारलाई मान्यता दिइएको छ भन्ने कुरा सबैले ध्यान दिनुपर्छ ।
सिजाङमा मेरो भ्रमण अघि मैले पश्चिमी सञ्चार माध्यमहरूमा मानव अधिकारसम्बन्धी केही प्रतिवेदनहरू पढेको थिएँ, तर ती रिपोर्टहरूको सत्यता म आफैले प्रमाणित गर्न सक्दिनथेँ, किनकि म आफैँ त्यहाँ गएको थिइनँ । मेरो भ्रमणको क्रममा मैले सिजाङको वास्तविक अवस्था देखेँ ।
मैले गाउँलेहरूलाई स्थानान्तरण गराउने प्रक्रियामा उत्सुकता देखाएँ, र यो स्वेच्छाले भएको हो वा होइन भन्ने कुरा जान्न खोजेँ । हामीले भेट गरेको एक परिवारले उनीहरूको स्थानान्तरण स्वैच्छिक नै भएको पुष्टि गरे; जो सर्न चाहँदैनथे, उनीहरूलाई बस्न अनुमति दिइएको थियो । चीनमा जबरजस्ती श्रमको आरोपहरूको सन्दर्भमा बुझन् खोज्दा मैले भेटेका केही बियर कारखाना र दूध उत्पादन कारखानाहरूमा कामदारका अधिकारलाई सम्मान गरिएको र उच्च तलब दिइएको पाइयो ।
हामीले एक परिवारले चलाएको बियर कारखानाको भ्रमण ग-यौँ, जसले स्विडेन र जर्मनी जस्ता देशहरूसँग उपकरणहरू खरिद गर्नको लागि सहकार्य गरिरहेको थियो । पश्चिम र चीनका बीचमाा भिन्नताहरूका बाबजुद पनि आर्थिक तहमा साझेदारी बनिरहेकै छन् । स्थानीय संस्कृति, वातावरण, र जनताको सम्मान गर्दै साझेदारीलाई अघि बढाउनु महत्वपूर्ण छ । चीनको आर्थिक विकास यसरी नै पश्चिमी देशहरूसँग सहकार्य गर्दै अघि बढिरहेको छ ।
सिजाङमा मैले चिनियाँ सरकारको वातावरण र तिब्बती जनताको संस्कृतिप्रतिको सम्मानलाई पनि देखेँ । प्रसिद्ध पोताला दरबारले धेरै पर्यटकहरूलाई आकर्षित गरिरहेको थियो, र तिब्बतीहरू निरन्तर श्रद्धा गर्न आइरहेका थिए, जसले जीवित सांस्कृतिक जीवनलाई देखाउँछ । धार्मिक स्थलहरूको भ्रमण पनि यो यात्राको अर्को महत्वपूर्ण पक्ष थियो । हामी धार्मिक स्वतन्त्रतामा धेरै चासो राख्छौं । मैले त्यहाँ मानिसहरूलाई खुलेआम आस्था प्रकट गरिरहेको देखें । उनीहरूको सांस्कृतिक र धार्मिक विश्वासमा कुनै प्रतिबन्ध थिएन, बरु मैले देखेको के थियो भने उनीहरू स्वतन्त्र रूपमा आफ्नो धार्मिक क्रियाकलापमा संलग्न थिए । आधुनिक जीवनसँगै सांस्कृतिक र धार्मिक विश्वासको सम्मान मिलेको देख्दा निकै उत्साहजनक थियो ।
अनुसन्धानकर्ता र मानव अधिकारका वकिलको रूपमा, आरोप लगाउँदा प्रमाणको महत्वमा म विश्वास गर्छु । सिजाङमा मेरो भ्रमण अघि मैले पश्चिमी सञ्चार माध्यमहरूमा मानव अधिकारसम्बन्धी केही प्रतिवेदनहरू पढेको थिएँ, तर ती रिपोर्टहरूको सत्यता म आफैले प्रमाणित गर्न सक्दिनथेँ, किनकि म आफैँ त्यहाँ गएको थिइनँ । मेरो भ्रमणको क्रममा मैले सिजाङको वास्तविक अवस्था देखेँ । म सोच्दछु कि मानव अधिकारका मुद्दाहरू रहेको दाबी गर्ने विद्वान् र नागरिक समाजका सदस्यहरूले आफू त्यहाँ पुगेर स्थानीय मानिसहरूसँग कुरा गर्दै प्रमाण सङ्कलन गर्नुपर्छ र आफ्ना दाबीहरूको पुष्टि गर्नुपर्छ । तिनीहरूले केवल पश्चिमी सञ्चार माध्यमहरूमा निर्भर नगरी वस्तुनिष्ठ विश्लेषण गर्न आवश्यक छ ।
ग्लोबल टाइम्समा प्रकाशित यो लेख साउथ अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयको मानव अधिकार केन्द्रका सहायक निर्देशक लोयड कुवेयासँगको अन्तर्वार्तामा आधारित छ।
प्रतिक्रिया