७ कार्तिक २०८१, बुधबार | October 23, 2024

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते



झापा । झापाको भद्रपुर नगरपालिका-१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बिहीबार राति चारआली-चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए ।

दुर्घटनामा प्रदेश १-०१-०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर-१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर-८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ९ : ५३ बजे

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई