२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

बयलगाडा सिद्धान्त मान्ने कांग्रेस एमाले नेताहरुलाई संविधान मन परेको छैन : प्रचण्ड

'कांग्रेस एमाले संविधान खारेज गर्न लागेका छन्'



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसलाई अहिलेको संविधान मन नपरेको बताएका छन् ।

बुधबार बिहान आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले संविधान खारेज गर्ने चाहना रहेको बताएका हुन् ।

गणतन्त्र र संघीयता र समावेशीता मन नपरेका नेताहरुले संविधान खारेज गरेर अहिलेसम्मका उपलब्धी समाप्त पार्न खोजेको उनले आरोप लगाए । उनले भने, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’

प्रचण्डले संविधान खारेज गर्न सुरुमा जनतालाई झुक्याउन कुटनीतिक भाषा प्रयोग गर्दै संविधान संशोधनको विषय उठाइएको दाबी गरे । उनले भने, ‘एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। संसद पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो संसद विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’
अध्यक्ष प्रचण्डले अहिले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष मुख्य प्राथमिकतामा पर्नुपर्ने बताए । उनले आफुहरुले संविधान कार्यान्वयनमा जोड दिइरहेको दाबी गरे ।

प्रचण्डले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले पहलकांग्रेस एमालेका नेताहरुले अहिलेको सरकार बनाएको दाबी गरे ।

उनले सहकारीको ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको आरोप समेत लगाए ।

उनले भने, ‘मैले के सुनेको छु भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ। रवि लामिछाने विरुद्ध तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्की अदालतबाट भनिएको सुनेको छु। मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएकोचाहिँ छैन। मलाई यो विषयचाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ। नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १० : ३८ बजे

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा, भोलि उदघाटन

नेपालगन्ज । बाँके र यस आसपासकानागरिकबाट वर्षौदेखि प्रियजन र आफन्तजनको

एमाले काठमाडौंद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि

तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड

‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा