२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना, साढे २६ केजी मासु जफत



बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले ५० हजार जरिवाना सहित मासु जफत गरी नष्ट गरेको छ । पटक-पटक बुटवलको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी बोकालाई बध गरेर मासु विक्रि गर्न उपमहानगरपालिकाले आग्रह गरेपनि उक्त मासु पसलले अटेर गरेपछि तेस्रो चरणमा ५० हजार जरिवाना र मासु जफत गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्याकंन शाखाका अधिकृत ठगिश्वर पोख्रेलले बधशाला बाट बध नगरी घरमै बध गरेर फ्रिजमा राखेको साढे २६ केजी मासु बरामद गरी नष्ट गरेको जानाकारी दिए ।

व्यवसायीलाई पटक पटक जानाकारी दिदा समेत अटेर गरेकाले तेस्रो चरणमा ५० हजार जरिवाना गरिएको र अब फेरी पनि पसलमै खसी, बोका बध गरेको भेटिएमा पसल नै शिल गरिदिने उनको भनाई छ ।

अनुगमन टोलीले मंगलबार ३ वटा मासु पसलमा अनुगमन गर्दा २ वटा मासु पसलमा भने मासु भेटिएको थिएन । अनुगमनमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार सहितको टोली पुगेको थियो ।

पहिलो चरणमा अनुगमनमा जांदा पसलमै बध गरेका यवसायीहरुलाई उपमहानगरपालिकाको अनुगमन टोलीले १० हजार जरिवाना गरेको थियो । दोस्रो पटकमा २५ हजार जरिवाना गरेको थियो । उक्त जरिवाना व्यवसायीहरुले भने बुझाएनन् । जरिवाना बुझाउन पत्र दिएपनि अटेर गर्नुका साथै खसी, बोकाको मासु पशु बधशालामा बध नगरी घरमै गरेको भेटिएपछि अनुगमन टोलीले ५० हजार जरिवाना तेस्रो पटकमा गरेको हो ।

त्यस्तै खसीको मासु भनेर बाख्रीको मासु बेच्ने बुटवल २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले १० हजार जरिवाना बुझाइको छ । पुन बाख्रीको मासु बेचेको फेटिए पसल नै शिल गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ५७ बजे

बबईमा डुबेर बालकको मृत्यु

तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको

बाँकेमा सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन माग

नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर

खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका

पशुपति गौशाला धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौं । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको

नागढुङ्गा–मुग्लिन सडक : जोखिम छ तर आत्तिनु पर्दैन !

धादिङ । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन्