१९ आश्विन २०८१, शनिबार | October 5, 2024

पश्चिम नवलपरासीमा १२ करोड लागतमा ट्रमा सेन्टर



नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ ।

बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताए। ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ५४ बजे

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग

उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी