१९ आश्विन २०८१, शनिबार | October 5, 2024

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते



नुवाकोट । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

बा १४ च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी-८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ४३ बजे

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग

उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी