१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बैकुण्ठधामप्रति बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आवश्यक : वाचन प्रविण पोखरेल



नेपालगन्ज । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवप्रति सबै बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आयोजक पक्षलाई सुझाव दिएका छन् । मुल समारोह समितिले शनिबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कथावाचक पोखरेलले ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ लाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।

आयोजक समितिलाई समावेशी बनाउन पनि उनले सुझाव दिए । ‘केही समयअघि म आउँदाखेरी यसको समावेशीताको विषयमा कुराहरु उठेको थियो, त्यसलाई सम्बोधन गर्ने गरी विभिन्न उपसमितिहरु बनेका छन्,’ उनले भने, ‘अझैपनि सम्बोधन गर्ने हिसाबबाट समावेशी होस् ।’

कार्यक्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आध्यात्मिक महोत्सवलाई सबै बाँकेबासी मिलेर सफल पार्नुपर्ने बताए । ‘यो महोत्सवप्रति सबैले अपनत्व लिनुपर्छ,’ विष्टले भने ।

मुल समितिका संयोजक डा। सुरेशकुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक भोला महत, महिला अगुवा रिचा द्धुवेदी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन श्रीराम सिग्देलले गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : १७ बजे

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग

उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी