१९ आश्विन २०८१, शनिबार | October 5, 2024

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग



धादिङ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।

पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

“राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ५१ बजे

टाकुराको १३ औं साधारणसभा सम्पन्न, ८० बर्ष नाघेका शेयर सदस्यलाइ सामाजिक सुरक्षा भत्ता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको टाकुरा बचत तथा

८ किलो बढी सुनसहित २ भारतिय नागरिक पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले ८ किलो बढी सुनसहित २ भारतिय

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको शुभकामना आदानप्रदान सम्पन्न, ‘पेशागत मर्यादा कायम राख्न अनुरोध’

बुटवल । नेपाल इन्जिनियर्स एसोसिएसन स्वागत नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी

विपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग आवश्यक : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा

पश्चिम नवलपरासीमा १२ करोड लागतमा ट्रमा सेन्टर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको