१९ आश्विन २०८१, शनिबार | October 5, 2024

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ४५ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय