१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बुटवलका मासु ब्यवसायीले गरे उपमहानगरको बधशाला बहिस्कारको औपचारिक घोषणा



बुटवल । बुटवलमा घनाबस्तीमा पशुबध गर्दै आएका मासु व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालामा काटिएको मासु नबेच्ने घोषणा गरेका छन् । नगर क्षेत्र नै दुगन्धित हुनेगरि उत्रतत्र पशुबध गर्ने र मासु बेचबिखन गर्दै आएका ब्यवसायीहरुले उपमहानगरले ठेक्का लगाएर मुक्तिनाथ लाईभस्टक बैंकमार्फत सञ्चालनमा ल्याएको बधशाला नजाने घोषणा गरेका हुन् ।

मासु ब्यवसायी संघले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उपमहनगरको बधशाला बहिस्कारको औपचारिक घोषणा गरेको छ । यस अघि ब्यवसायीहरुले उपयुक्त वातावरण बने बधशालामा जाने भन्दै नगर क्षेत्रमै पशु बध गर्दै आएका थिए ।

बुटवल उपमहानरपालिकाले खसी बोका अनिवार्य रुपमा पशुबधशालामा बध गरेको मासु मात्रै प्रयोग गर्न कडाईगरेपछि मासु व्यवसायीहरुले ब्यवसायीकै पहलमा उद्यमी महिला, मासु व्यवसायीहरुको संलग्नता रहने गरि निर्माण भएको बधशाला नियतवस अन्य निजी कम्पनीलाई दिएको भन्दै बधशाला बहिस्कार गर्ने घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बुटवल उपमहानरपालिकाले हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा प्रदेश सरकार र बुटवल उपमहानरपालिकाको लगानीमा स्थापना भएको बधशालालाई मासु व्यवसायीहरुको सहभागीता विना चलाउने दिने उपमहानगरको निर्णय फिर्ता नहुँदा सम्म बधशालाको मासु आफुहरुले नबेच्ने बताए । उनले व्यवसायीहरुको सहभागीता ३५ हजार भन्दा बढि महिला उद्यमी सहकारी मार्फत ४ वटा ईन्भेष्टमेन्ट कम्पनीको लगानीमा रहेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग लिमिटेडलाई सञ्चालन गर्न दिने सहमति बिपरित उपमहानगरले एकाएक अर्के कम्पनीलाई ठेक्कामा दिएको आरोप लगाए ।
नरपालिका प्रमुख, उप प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत रहेफर ईन्टरनेशनल सहितको सहभागीतामा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष सहित सञ्चालकहरुको समेत सहभागीतामा बार्षिक रुपमा ४७ लाख ३९ हजार रुपैयाँमा बधशाला सञ्चालन गर्ने निर्णय समेत भइसकेपछि उपमहानगरले निर्णय उल्लँघन गरेको उनले बताए ।

उपमहानगरले भने सार्वजनिक खरिद ऐन बिपरित भएको सम्झौता भन्दै त्यस अघि भएको सम्झौता खारेज गर्दै सञ्चालनका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही नयाँ टेन्डर आह्वान अनुसार अहिले मुक्तीनाथ लाईभस्टक बैंकले बुटवलको बधशाला सञ्चालन गरिरहेहेको छ । यसरी पहिला सम्झौता गरेको व्यवसायीको संस्थाको रद्द गरी अर्को कम्पनीलाई टेन्डर दिएपछि व्यवसायीहरुले सुरु देखि नै यको विरोध गर्दै आएका थिए ।

उपमहानगरले व्यवसायीहरुलाई व्यवसाय गर्न नपाउने अवस्था सृजना गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी कृष्ण प्रसाद पौडेलले बताए । उनले अहिले व्यवसायीहरुलाई अनिवार्य रुपमा मुक्तीनाथ संग मात्रै किन्नुपर्ने सर्त अगाडी सारेर बुटवल उपमहानरपालिकाले सिन्डीकेट लागु गरेको बताए ।

उद्यमी महिला ईन्भेष्टमेन्ट प्रालिका अध्यक्ष तथा महिला सहकारी उद्यमी संस्थाका संयोजक होमादेवी पौडेलले प्रदेश भित्र रहेका ३५ हजार भन्दा बढि महिला सदस्यहरुलाई नगरपालिकाले बधशालामा लगानी र सहभागी हुन बाट रोकेर लात हान्ने काम गरेको बताईन् ।

हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्ध प्रेम श्याम्बुले हेफरले बधशाला स्थापनाको लागि ५ करोड भन्दा बढि प्राविधिक सहयोग गरेको भन्दै पहिलाकै स्थितिमा महिला उद्यमीहरुको सहभागीता भएमा सञ्चालनको लागि थप सहयोग गर्ने सक्ने गरी रकम समेत बिनियोजन गरिएको बताए ।

 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ३४ बजे

बाढीपहिरो प्रभावितको पीडा – ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

सिन्धुली । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय