१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै



काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर हदबारेको विवाद मतदानबाट टुंगाउने भएको छ । मंगलबार मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीले उमेर हदको विवाद टुंगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।

विहिबारदेखि सुरू भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि मुलपार्टी माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुंगाउन निर्देशन दिएको थियो ।

सोमबार मतदानको प्रक्रिया शुरु गर्ने भनिएको भएपनि  निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि  इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ५३ बजे

डिसहोमले सार्वजनिक गर्यो इन्टरनेट कनेक्सनमा बोनस सहितको आकर्षक अफर

काठमाडौ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज

दुर्गा प्रसाईलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ

लुम्बिनीको सिमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका सिमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच

दाउन्नेमा ‘टावर’ ढल्दा होङ्शी शिवम् सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी